साधना र सबैको लघुवित्त वित्तीय संस्था मर्जर, असार ३० गतेदेखि एकीकृत कारोबारमा जाने
बुधबार, २६ असार २०८१, १० : ५९

काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्जर हुने भएका छन् । बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौं संशोधन, २०७९) अनुसार यी दुई संस्थाहरू एक आपसमा मर्जरमा जान लागेका हुन् ।
दुई संस्था मर्जरका लागि भएको सहमति र नियामक राष्ट्र बैंकको समेत स्वीकृतिमा यहीँ असार ३० गतेदेखि दुई संस्थाले एकीकृत कारोबार सुरु गर्नेछन् ।
मर्जर पछिको संस्थाको नाम सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड रहने केन्द्रीय बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा माओवादीले छाड्यो लेखा समिति
-
एबीसी ओभरसिजका सञ्चालक शमशेर गहतराजलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
संसद्को अवरोध चाँडै हट्ने छ : सञ्चारमन्त्री
-
गैरआवासीय नेपालीको माग सम्बोधन गर्न बेग्लै विधेयक आवश्यक पर्छ : गृहमन्त्री लेखक
-
सुनको मूल्य स्थिर, चाँदीको ह्वात्तै बढ्यो
-
सुक्खा बन्दरगाह वीरगञ्ज भन्सार कार्यालयमा गाभिँदै