पेरुमा २२ वर्षपछि भेटियो अमेरिकी पर्वतारोहीको शव

लिमा । पेरुमा बेपत्ता भएका एक जना अमेरिकी पर्वतारोहीको शव २२ वर्षपछि फेला परेको छ । एन्डिजमा गएको हिम पहिरोमा बिलल स्ट््याम्प्फल पुरिएका थिए । जुन २७ मा अमेरिकी पर्वतारोही र्यान कूपर र वेस्ले वारेनले हुआस्कारन हिमालमा आफ्नो पिताको शव भेट्टाएको स्ट््याम्प्फलका छोराले बताएका छन् । यी दुवै २२ हजार फिटको शिखर चढ्ने असफल प्रयासपछि पेरुको कोर्डिल्लेरा ब्लान्कामा रहेको हिमालबाट ओर्लिरहेका थिए ।
करिब १६ हजार फिट तल उनीहरूले शव भेट्टाएका हुन् । हिउँको सतहमा फरक चिज देखिएपछि के रहेछ भनेर दुवैले खोजबिन गर्न थाले । हिउँका कारण स्ट््याम्प्फलको शव कुहिएको थिएन । उनको शरीरमा बिहेको औठी, हेल्मेट, हिमाल चढ्दा लगाउने जुत्ता र ज्याकेट सबै जस्ताको त्यस्तै थिए । शवले भिरेको ब्यागमा पहिचान पत्र, क्यामरा, पासपोर्ट, पर्स र चस्मा थिए । ती सबै पनि सद्दे अवस्थामा थिए ।
उनी अमेरिकी पर्वतारोही भएको थाहा पाएपछि स्ट््याम्प्फलको परिवारबारे खोजबिन गरेर उनको अवस्थाबारे जानकारी दिएको कूपर बताउँछन् । सन् २००२ को जुन २४ मा स्ट््याम्प्फल र अन्य दुई पर्वतारोही स्टिभ एस्र्किन र म्याथ्यू रिचर्डसन हुआस्कारन हिमालको हिमपहिरोमा पुरिएका थिए । त्यतिबेला स्ट््याम्प्फल ५३ वर्षका थिए । यी तीनै जनाको शव फेला परेको थिए । एस्र्किन बाहेक अरु दुईको शव भेटिएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान विभाजनसम्बन्धी दुई विधेयक समितिमा पठाइयो
-
पप गायिका टेलर स्विफ्टप्रति ट्रम्प किन आक्रोशित ?
-
सगरमाथा संवाद २०२५ सम्पन्न : २५ बुँदे घोषणापत्र जारी
-
अस्कल क्याम्पस वरिपरि आपत्तिजनक सामग्रीको विज्ञापन गर्न नपाइने
-
पेसीको जानकारी पत्रमा रवि र छविको हस्ताक्षर नभएपछि सुनुवाइ स्थगित
-
वाणिज्य विभागले गरिरहेको अनुगमनप्रति निजी विद्यालयहरूको आपत्ति