सामसङ इनोभेसन क्याम्पसका विद्यार्थीहरूलाई फ्युचर–टेक कोर्सहरूमा तालिमको प्रमाणपत्र प्रदान
काठमाडौँ । सामसङले आफ्नो प्रमुख सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसका तेस्रो ब्याचको कोडिङ एन्ड प्रोग्रामिङ पूरा गरेकोमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसका ५३ जना विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेको छ । अब आउँदो ब्याचका विद्यार्थीहरूले विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स कोर्स सुरु गर्नेछन् ।
५३ जना विद्यार्थीहरूलाई कोर्स उत्तीर्ण गरेको प्रमाणपत्र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा आयोजित समारोहमा प्रदान गरिएको थियो । सामसङ नेपाल कार्यालयका प्रमुख, इन सु किम र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डीन डा. शशिधर राम जोशी, साथै सहायक डीन विनोद कुमार भट्टराई तथा सुरज लामिछाने र पुल्चोक क्याम्पसका क्याम्पस प्रमुख डा. इन्द्र प्रसाद आचार्यको त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा आयोजित समारोहमा उपस्थिति रहेको थियो ।
सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम, सामसङ इनोभेसन क्याम्पसको उद्घाटन सन् २०२३ को डिसेम्बरमा गरेको थियो । यस कार्यक्रम अन्तर्गत सामसङले नेपालका युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिङ्स, बिग डाटा र कोडिङ एन्ड प्रोग्रामिङजस्ता प्राविधिक सीपहरूमा तालिम दिएर नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्याउनेछ। यस पाठ्यक्रममा छनोट हुनको लागि पूर्वशर्तहरूमा एल्गोरिदम, डाटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञान समावेश छ ।
पाठ्यक्रमहरूको एक भागको रूपमा, विद्यार्थीहरूलाई वास्तविक काममा प्रयोग हुने सीपहरू र इन–डिमान्ड प्राविधिक सीपहरू प्रदान गरिनेछ, जसले उनीहरूको डिजिटल साक्षरता, अध्ययन गर्ने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण