युक्रेनलाई नेटो सदस्यता दिनेबारे के भयो निर्णय ?
वासिङ्टन डीसी । युक्रेनलाई भविष्यमा थप सहयोग प्रदान गर्ने र नेटोको सदस्यता प्रदान गर्ने कुरामा अडिग रहने वाचा नेटोका सदस्य देशहरूले गरेका छन् । वासिङ्टन डिसीमा भएको नेटो शिखर सम्मेलनमा युक्रेनलाई नेटोमा सामेल गराउने औपचारिक समय सीमामाथि भने सहमति भएन ।
नेटोका ३२ सदस्यहरूले युद्ध प्रयासका लागि युक्रेनलाई आफ्नो अटल समर्थन जारी राख्ने बताएका छन् । नेटोले पनि युक्रेनी सेनालाई सहयोग गर्ने घोषणा गरेको छ । साथै सदस्य राष्ट्रहरूले युक्रेनलाई अर्को वर्ष ४३ अर्ब ३० करोड डलर सहायता उपलब्ध गराउने वाचा गरेका छन् । यसमा एफ– १६ लडाकु जेट विमान र वायु रक्षा सहायता पनि छ ।
युक्रेनलाई समर्थन गर्नु दान नभएर आफूहरूकै सुरक्षा हितमा भएको नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले भनेका छन् । युक्रेनमाथि रुसले गरेको आक्रमणको मुद्दा नाटोको बैठकको एजेन्डामा शीर्ष स्थानमा थियो । सुरक्षाको लागि रुस सबैभन्दा महत्त्वपूर्ण र प्रत्यक्ष खतरा बनेको सबै सदस्य राष्ट्रहरूको प्रतिक्रिया छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण