प्रभासको स्पीरिटबाट साउथमा डेब्यू गर्दैछन् मा डोङ–सेओक ?
नयाँ दिल्ली । एनिमल र कबिर सिंहजस्ता ब्लकबष्टर फिल्म बनाएका सन्दीप रेड्डी वांगाले छिट्टै स्पिरिट नामक नयाँ फिल्म बनाउँदैछन् । दक्षिण भारतीय सुपरस्टार प्रभासको मुख्य भूमिका रहने यस फिल्ममा ऐश्वर्या राय बच्चन र कट्रिना कैफको पनि मुख्य भूमिका रहने बताइएको छ ।
यस फिल्मबाट हलिउड अभिनेता दक्षिण भारतीय फिल्ममा खलनायकको रूपमा डेब्यु गर्न सक्ने अफवाह चलिरहेको छ । उनको नाम मा डोङ–सेओक हो । यिनी कोरियाली फिल्म उद्योगका सुपरस्टार हुन् । यिनी मार्बलका फिल्महरूमा पनि देखा परिसकेका छन् । उनी जोम्बीमा आधारित चलचित्र ‘ट्रेन टु बुसान’ का लागि बढि चर्चित छन् ।
यही फिल्मबाट उनी विश्वभरि नै चर्चित भएका थिए । यसबाहेक उनले द नेबर, नेमलेस ग्याङ्स्टरः रुल्स अफ द टाइम, इटरनल्स र अनजस्ट लगायत फिल्ममा सहायक अभिनेताको भूमिका पनि निर्वाह गरेका थिए ।
यी सबै फिल्ममा उनको अभिनयको निकै प्रशंसा भएको थियो । डोङ–सेओकलाई फिल्ममा अनुबन्ध गरिसकेको भनेर आधिकारिक पुष्टि भइसकेको छैन । तर साँच्चै यस्तो भयो भने ‘कल्की एडी २८९८’ स्टार प्रभाससँग उनको अभिनय हेर्न पाउनु निकै रोमाञ्चक हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशनमा मित्र राष्ट्रलाई छैन निम्तो
-
पाथीभरा विवादबारे छानबिन समिति गठन
-
आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता
-
‘सूचनामा नाकाबन्दी लगाउने काम लोकतान्त्रिक सरकारलाई सुहाउँदैन’
-
प्रधानाध्यापक र वडा अध्यक्षबिचको द्वन्द्वले विद्यार्थीको दिवा खाजा बन्द
-
चोटसँग सङ्घर्ष गर्दै गरेका नेयमारले गुमाउने भए विश्वकपको अर्को खेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण