७ जना मृत अवस्थामा फेला
शनिबार, २९ असार २०८१, १७ : ४०
काठमाडौँ । देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- कास्की, पोखरा महानगरपालिका-१६ कालिखोला बस्ने ७२ वर्षीय सार्की तामाङ सोही ठाउँ स्थित कालिखोलाको बगरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- भोजपुर, टेम्केमैयुम गाउँपालिका-९ छिकुवा बस्ने ४६ वर्षीया लिला राई आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- चितवन, भरतपुर महानगरपालिका-२८ गोलाघाट स्थित नारायणी नदीको किनारमा भारत बिहार सितामणी बर्गेनिया जमुनिया बस्ने २८ वर्षीय ऋषि पल साह शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- कपिलवस्तु, महाराजगंज नगरपालिका-३ जमुनी स्थित सडक छेउको नालीमा बुद्धभूमि नगरपालिका-१० धनकौली बस्ने ४२ वर्षीय प्रभु रैदास (चमार) शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- नुवाकोट, लिखु गाउँपालिका-५ पहरेखेत स्थित लिखु खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- उदयपुर, चौदण्डीगढी नगरपालिका-५ सिवाई स्थित त्रियुगा खोलाको बीचमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- धादिङ, बेनिघाट रोराङ गाउँपालिका-३ शितलबजार स्थित त्रिशुली नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५२ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण