प्रहरी जवानको परीक्षा दिँदै गरेका ६ जना नक्कली परीक्षार्थी पक्राउ
शनिबार, २९ असार २०८१, १९ : २८

काठमाडौँ । नेपाल प्रहरीका जनपद तर्फका प्रहरी जवानको लिखित परिक्षा दिएको आरोपमा प्रहरीले ६ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । उनीहरु काठमाडौँको परीक्षा केन्द्रबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा कालिकोट घर भएका २२ वर्षीय अभिषेक शाही, कञ्चनपुर घर भएका २४ वर्षीय ईशाक तामाङ, दोलखा घर भएकी १७ वर्षीया तृप्ती सुन्दास, कञ्चनपुर घर भएका २२ वर्षीय पारस बुढा, दार्चुला घर भएका रबिन्द्र महरा र बैतडीका दिनेश चन्द छन् ।
प्रहरी जवानको लिखित परिक्षाको लागी छनोट भएका ६ जनाको नाममा उनीहरु परीक्षा दिन आएका हुन् । आरोपीहरुबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनीहरुलाई प्रहरी वृत्त गौशाला, बानेश्वर र सिंहदरबारको हिरासतमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेनी–जोमसोम–कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति
-
हिमालयन बैंकको ‘ठमेल शाखा’ सञ्चालनमा
-
नेताहरूको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक: देउवा
-
४३ कम्पनीलाई पाँच अर्ब बढी राजस्व छुट : सूचीमा सिनो हाइड्रो, कोकनदेखि पतञ्जलीसम्म
-
घर बनाउने क्रममा करेन्ट लागेर युवकको मृत्यु
-
तारकेश्वरमा ५ लाख रुपैयाँ बराबरको चोरी