प्रहरी जवानको परीक्षा दिँदै गरेका ६ जना नक्कली परीक्षार्थी पक्राउ
शनिबार, २९ असार २०८१, १९ : २८
काठमाडौँ । नेपाल प्रहरीका जनपद तर्फका प्रहरी जवानको लिखित परिक्षा दिएको आरोपमा प्रहरीले ६ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । उनीहरु काठमाडौँको परीक्षा केन्द्रबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा कालिकोट घर भएका २२ वर्षीय अभिषेक शाही, कञ्चनपुर घर भएका २४ वर्षीय ईशाक तामाङ, दोलखा घर भएकी १७ वर्षीया तृप्ती सुन्दास, कञ्चनपुर घर भएका २२ वर्षीय पारस बुढा, दार्चुला घर भएका रबिन्द्र महरा र बैतडीका दिनेश चन्द छन् ।
प्रहरी जवानको लिखित परिक्षाको लागी छनोट भएका ६ जनाको नाममा उनीहरु परीक्षा दिन आएका हुन् । आरोपीहरुबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनीहरुलाई प्रहरी वृत्त गौशाला, बानेश्वर र सिंहदरबारको हिरासतमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण