भारतीय टोली पाकिस्तान नजाने खबर बीसीसीआई उपाध्यक्षले गरे खारेज
शनिबार, २९ असार २०८१, २१ : ५८
नयाँ दिल्ली । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का उपाध्यक्ष राजीव शुक्लाले पाकिस्तानमा आयोजना हुने च्याम्पियन्स ट्रफीमा भारत नजाने भन्ने खबरलाई अस्वीकार गरेका छन् । शुक्लाले शनिबार बीसीसीआई वा सरकारले यसबारे हालसम्म कुनै निर्णय नगरेको बताए ।
द प्रिन्टसँगको टेलिफोन कुराकानीमा शुक्लाले यस्तो बताएका हुन् । केही समाचारले अर्को वर्ष फेब्रुअरीमा सुरु हुने यस प्रतियोगितामा भारतीय टोली सहभागी नहुने दाबी गरेका थिए । साथै, बीसीसीआईले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई भारतका खेलहरू तटस्थ स्थानमा राख्न आग्रह गरेको समाचारसमेत प्रकाशित भएका थिए ।
शुक्लाले ती समाचारलाई पनि अस्वीकार गरे । उनले भने, ‘यो जानकारी कुन स्रोतले दिएको हो मलाई थाहा छैन । बीसीसीआईले अहिलेसम्म आधिकारिक निर्णय दिएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
-
वर्षा र सडक मर्मतका कारण अवरुद्ध छन् यी राजमार्ग
-
लक्ष्मी आचार्यको नयाँ सांगीतिक कोसेली 'लगा लगा जोरका झट्का’ सार्वजनिक
-
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
-
स्पेन समूह विजेता, केप भर्डे उपविजेता बन्दै पहिलो पटक अन्तिम ३२ मा, उरुग्वे र साउदी बाहिरिए
-
कार्गो जहाजमा ड्रोन हमलापछि अमेरिकाद्वारा इरानमाथि प्रत्याक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण