गोली लागे पनि ट्रम्पले पूर्व योजना नफेर्ने
वाशिङटन डीसी । पेन्सिलभेनियामा आयोजित चुनावी र्यालीमा अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको कानमा गोली लागेको थियो । यस घटनापछि अस्पताल लगिएका ट्रम्प अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
अस्पतालबाट निस्केर ट्रम्प कहाँ गए भन्ने स्पष्ट भइनसकेको बताइएको छ । चुनावी र्याली सकेर उनी न्यू जर्सीस्थित आफ्नो घर जाने योजनामा थिए । यसबाहेक आइतबार विस्कन्सिनको मिलवाकीमा हुने रिपब्लिकनको महाधिवेशनमा पनि जानेवाला थिए ।
ट्रम्पको मलवाकी जाने पूर्व योजना छ । महाधिवेशनमा उनलाई रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको आधिकारिक उम्मेदवार घोषणा गरिनेछ ।
ट्रम्पले सोमबारदेखि सुरु हुने महाधिवेशनमा आफ्नो उपराष्ट्रपतिको उम्मेदवार पनि छनोट गर्नेछन् । आफ्नो अवस्था सुध्रिएको र राम्रो महसुस गरिरहेको भन्दै ट्रम्पले हमलामा पहिलो प्रतिक्रिया दिनेहरूलाई धन्यवाद भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण