काठमाडौँ । साउन महिना नजिकिएसँगै काठमाडौँको इन्द्रचोकमा रहेको पोते पसलहरूमा मानिसहरूको भीड बाक्लिएको छ । बिहेको मौसम पनि चलिरहेको र साउन पनि नजिकिएसँगै मानिसहरू विशेषतः महिलाहरूको चाप अहिले बढेको हो ।
_hJCcRsB9zq.jpg)
साउन १ गते विधिवत् रूपमा लुतो फालिएपछि हिलो मौलोको काम सकिएको र बर्खाभरि काममै व्यस्त हुँदा शरीर सफा गर्न नभ्याएकाले साउन महिनालाई नुहाइधुवाइको महिनाको रूपमा पनि लिने गरिन्छ ।
_y9QHI03SXL.jpg)
सरसफाइका साथै साउन महिनामा महिलाहरूले हरियो लगाउने गर्छन् जसलाई धार्मिक पाटोसँग पनि जोड्ने गरिएको छ । हिन्दु धर्मग्रन्थका अनुसार साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरियो, रातो र पहेँलो चुरा, पोते लगाएको लोककथन छ ।
_azZQ0beCgc.jpg)
त्यसैले विवाहित महिलाले सौभाग्य पतिको रूपमा रातो, हरियो र पहेँलो चुरा लगाउने गर्दछन् भने अविवाहित युवतीले पनि राम्रो वर प्राप्त होस् भन्ने उद्देश्यले हरियो र पहेँलो चुरा लगाउने प्रचलन चलिआएको छ ।
_c5lspwjGZI.jpg)
यी तीन रङका चुरा र पोतेले प्रकृतिसँग नजिक गराउने र पहेँलोले भगवान् शिव प्रतिको त्याग देखाउने भएकोले साउन महिनामा हरियो, रातो र पहेँलो कपडा, र चुरा लगाउने चलन रहेको छ ।
_xiDFLUw4eC.jpg)
हरिया, पहेँला वस्त्र तथा गरगहना लगाएर भगवान् शिवको पूजा आराधना गर्दा मनोकाङ्क्षा पुरा हुने धार्मिक मान्यता रहेको छ । साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक हरेक दृष्टिकोणले महत्त्वपूर्ण रहेकाले यो महिनाभरि महिलाहरू हरियो, पहेँलो र रातो चुरा लगाउँछन् ।
_v6RSUiHw8x.jpg)
_GAnROyioOs.jpg)
_P5MZCNMKob.jpg)
_wJpLhYcBzQ.jpg)
_lFZ5stJHMy.jpg)
_C98hZOoQdx.jpg)
_WZrLUTVHyi.jpg)
_vnWgoHumsf.jpg)
_zStsIjHZCZ.jpg)
_y0kLGprq5c.jpg)
_oaQkTU6x7V.jpg)
_26fNntPkuH.jpg)
_e62YJK5FNA.jpg)
_jvZU0BxZC7.jpg)
प्रतिक्रिया