बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रदर्शन

शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ

बिहीबार, ०७ साउन २०८३, ११ : २८
बिहीबार, ०७ साउन २०८३

सारांश

  • त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिकोत्सव कार्यक्रमस्थल बाहिर शिक्षामन्त्री सस्मित पोख्रेलविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन्।
  • शिक्षामन्त्री सहभागी हुने कार्यक्रमस्थल बाहिर ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • युवाहरूले मेरिटोक्रेसी लागू गर्न, कुलपति र सहकुलपतिको व्यवस्था खारेज गर्न तथा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्न माग गरेका थिए।

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस कार्यक्रम स्थलबाहिर शिक्षामन्त्री सस्मित पोख्रेलविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन्। 

शिक्षामन्त्री सहभागी हुन लागेको कार्यक्रम स्थलबाहिर ‘नेपो बेबी मुर्दावाद’ लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका पाँच जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

protest against sikshyamantri (1)

विश्वविद्यालयको वार्षिक दिवस समारोहमा भाग लिन पुगेका शिक्षामन्त्री पोख्रेललाई लक्षित गरी युवाहरूले नाराबाजी र प्रदर्शन गरेका हुन्। उनीहरुले मेरिटोक्रेसी लागू गर्न, कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री हुने व्यवस्था खारेज गर्न तथा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्न माग गरेको प्लेकार्ड बोकेका थिए ।

protest against sikshyamantri (2)protest against sikshyamantri (3)protest against sikshyamantri (4)protest against sikshyamantri (5)protest against sikshyamantri (6)protest against sikshyamantri (7)protest against sikshyamantri (8)protest against sikshyamantri (9)protest against sikshyamantri (10)protest against sikshyamantri (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप