भारतले पाकिस्तानलाई हरायो
दमबुला । महिला एसिया कप अन्तर्गत समूह ए को खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको छ । पाकिस्तानले प्रस्तुत गरेको १ सय ९ रनको लक्ष्य भारतले ३५ बल अगावै मात्र ३ विकेटको क्षतिमा पछ्यायो ।
भारतका लागि ओपनरद्वयले शानदार ब्याटिङ गर्दै जीतको आधार तय गरे । स्मृति मन्धानाले ३१ बलमा ४५ रन बनाइन् भने सेफाली वर्माले २९ बलमा ४० रनको योगदान दिइन् । दायालन हेमालथाले ११ बलमा १४ रन जोडिन् । पाकिस्तानका लागि सयेदा अरुब शाहले २ तथा नशरा सान्धुले १ विकेट लिइन् ।
यसअघि पाकिस्तानले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । पाकस्तानका लागि सिदरा अमिनले सर्वाधिक २५ रनको योगदान दिइन् । त्यसतै, तुबा हसन र फातिमा सानाले २२–२२ रन जोडे । भारतका लागि दिप्ती शर्माले ३ तथा रेनुका सिंह, पूजा भस्त्राकर र श्रेयंका पाटिलले २–२ विकेट हात पारिन् ।
जीतसँगै समूह ए मा भारतले नेपालसँगै २ अंक बटुलेको छ । नेपालले आजै भएको खेलमा यूएईलाई हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण