३५०० पाउन्डमा बिक्यो फ्लोरेन्स नाइटिङ्गेलको कपाल
सोमबार, ०७ साउन २०८१, ०९ : ५०
लन्डन । उत्तरी योर्कशायरमा भएको एउटा लिलामीमा चर्चित बेलायती नर्स फ्लोरेन्स नाइटिङ्गेलको कपाल ३ हजार ५०० पाउन्ड स्टर्लिङमा विक्री भएको छ ।
नाइटिङ्गेलकै हो भनेर पुष्टि भएको सो कपाल लिलामीमा २ हजार देखि ३ हजार पाउन्डसम्ममा बेचिने अपेक्षा गरिएको थियो । कपालमा टाँसिएको कागजमा नाइटिङ्गेलको हस्ताक्षर पनि थियो । कपाल टिनेन्ट्स अक्सनर्सले लेबर्नमा बेचेको हो ।
कपाल नाइटिङ्गेलको बहिनीको वंशजको स्वामित्वमा थियो । यसलाई बेलायतका गोप्य क्रेताले ३ हजार ६०६ पाउन्डमा किनेको बताइएको छ । नाइटिङ्गेललाई धेरैले आधुनिक नर्सिङको संस्थापकको रूपमा हेर्छन् ।
क्रिमिया युद्धमा घाइते सिपाहीहरूको हेरचाहमा रातबिरात लाल्टिन बोकेर हिँड्ने भएकोले उनी ‘लाल्टिन बोक्ने महिला’ भनेर चिनिइन् । अहिले पनि लेडी विथ ल्याम्प भन्ने बित्तिकै सबैले नाइटिङ्गेललाई नै सम्झिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण