हरिवंश आचार्यको नाकको नशा फुटेको पुष्टि, अवस्था सामान्य
विराटनगर । हास्य कलाकार मह जोडीमध्येका एक हरिवंश आचार्यको नाकभित्रको सानो नसा फुटेको पुष्टि भएको छ ।
आचार्यले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै आफ्नो हालको अवस्था सामान्य रहेको बताएका छन् । ‘शनिवार हिमगिरी प्रालि उद्योगको आतिथ्यमा मदन दाइ र म विराटनगर आएका थियौँ,’ उनले लेखेका छन्, ‘अचानक नाकबाट रगत बगेर होटेल नजिकै भएको सप्तकोसी अस्पताल पुगेँ र त्यहाँबाट विराट नर्सिङ होम इएनटि डिपार्टमेन्टमा उपचार हुँदैछ र म सामान्य अवस्थामा छु ।अस्पताल पुग्दा मेरो ब्लड प्रेसर सामान्यै थियो।’
उनले धेरैलाई उच्च रक्तचापको कारण हो कि भन्नेले कुराले चिन्तित तुल्याएको पाइए पनि आफ्नो नाकभित्रको सानो नसा फुटेको र त्यसलाई टाल्ने काम भइसकेको उनले जनाएका छन् । ‘अहिले सामान्य अवस्थामा स्वास्थ्य लाभ गरिरहेको छु । उपचारको क्रममा विराट नर्सिङ होम परिवार, डा. राजीव शाहको चिकित्सक टिमलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनेका छन् ।
उनले आफ्नो स्वास्थ्य अवस्थालाई लिएर चासो, सहयोग र सद्भाव राख्ने सबैप्रति आभार प्रकट गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण