सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम प्रभावित
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका देशभरिका यातायात कार्यालयहरू प्रभावित हुन पुगेका छन् । सरकारी डेटा तथा अनलाइन गतिविधिको सञ्चालन तथा नियन्त्रण केन्द्रीय विभाग सिंहदरबारको सर्भरमा समस्या आएपछि सबै यातायात कार्यालयहरूको अनलाइन सिस्टम समस्या परेको हो ।
अन्य मन्त्रालय तथा विभागहरूमा जस्तै इन्टरनेटको समस्याका कारण यातायात कार्यालयहरूमा समेत प्रभावित हुन पुगेको यातायात व्यवस्था विभागले जनाएको छ ।
‘बिहान बेलुका राम्रै रहेको तर दिउँसो लोड बढेपछि समस्या आउने गरेको जानकारी आएको छ । तर के हो प्राविधिकहरूले काम गरिरहेका छन्’ विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले रातोपाटीसँग भने । तर यता सर्भर डाउन भएर काम नहुँदा लाखौं सेवाग्राहीहरू समस्यामा परेका छन् । सवारी जाँचपास, दर्ता तथा नवीकरणका लागि समस्या भोग्नुपरेको सेवाग्राहीहरूले गुनासो गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण