बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
ब्याजदर

रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)

बिहीबार, ३२ असार २०८३, १० : ३२
बिहीबार, ३२ असार २०८३

सारांश

  • साउन महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर घट्ने क्रम जारी छ, जसमा केही बैंकले व्यक्तिगत र संस्थागत दुवै निक्षेपमा ब्याजदर घटाएका छन्।
  • राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगतमा ०.७५% र संस्थागतमा १% ब्याजदर कटौती गरेको छ, भने ग्लोबल आइएमई, एनएमबि, र सिटिजन्स बैंकले पनि ब्याजदर घटाएका छन्।
  • अधिकांश बैंकले असारकै ब्याजदरलाई निरन्तरता दिए पनि नेपाल बैंकले संस्थागततर्फको ब्याजदर बढाएको छ र नबिल बैंक व प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा सर्वाधिक ब्याजदर दिनेछन्।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । वाणिज्य बैंकहरूले २०८३ साल साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक तथ्याङ्क अनुसार बैंकहरूको ब्याजदर घट्ने क्रम साउनमा पनि रोकिएको छैन। 

असार महिनाको तुलनामा साउनमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको छ। साउन महिनाका लागि २० वटा वाणिज्य बैंकमध्ये केही बैंकले आफ्नो अघिल्लो महिनाको ब्याजदर घटाएका छन्। 

सबैभन्दा धेरै ब्याजदर घटाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ। यस बैंकले व्यक्तिगत तर्फ ०.७५ प्रतिशत र संस्थागत तर्फ १ प्रतिशतले ब्याजदर कटौती गरेको छ। 

त्यस्तै, ग्लोबल आइएमई बैंकले व्यक्तिगतमा ०.५ प्रतिशत र संस्थागतमा ०.२५ प्रतिशतले ब्याजदर घटाउँदा एनएमबि बैंकले व्यक्तिगतमा ०.२५ प्रतिशत र संस्थागतमा ०.५ प्रतिशतले घटाएको छ । 

त्यस्तै, सिटिजन्स बैंक इन्टरनेसनलले व्यक्तिगतमा ०.१५ प्रतिशत र संस्थागतमा ०.५ प्रतिशतले ब्याजदर घटाएको छ । 

कृषि विकास बैंकले संस्थागत तर्फ ०.०३ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ भने कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत तर्फ मात्र क्रमशः ०.०६ प्रतिशत र ०.१ प्रतिशतले ब्याजदर कम गरेका छन्।

यद्यपि, अधिकांश वाणिज्य बैंकहरूले भने असार महिनाकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन्। नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, सानिमा, माछापुच्छ्रे, नेपाल एसबिआई, एभरेष्ट, सिद्धार्थ, हिमालयन, लक्ष्मी सनराइज, एनआइसी एसिया र प्राइम कमर्सियल गरी १२ वटा बैंकले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्। 

घट्दो ब्याजदरको यस प्रवृत्तिका बिच नेपाल बैंक लिमिटेडले भने संस्थागत तर्फको ब्याजदर अधिकतम ब्याजदरलाई ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत पुर्‍याएको छ । ४ वर्ष वा सोभन्दा लामो अवधिको संस्थागत मुद्दतीमा नेपाल बैंकले सो बराबरको ब्याजदर तोकेको हो । यद्यपि यसको व्यक्तिगत तर्फको ब्याजदर भने ४.२५ प्रतिशतमा नै स्थिर रहेको छ।

नयाँ प्रकाशित दर अनुसार, साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर नबिल बैंक र प्रभु बैंकले दिनेछन्। यी दुई बैंकले व्यक्तिगत तर्फ अधिकतम ४.५५ प्रतिशत ब्याजदर तोकेका छन्। 

अर्कोतर्फ, व्यक्तिगत मुद्दतीमा सबैभन्दा कम ब्याजदर कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको रहेको छ, जहाँ ग्राहकले अधिकतम ब्याजदर नै ३.८५ प्रतिशत मात्र ब्याज पाउनेछन्। 

संस्थागत मुद्दती निक्षेपको हकमा भने नेपाल बैंकले सबैभन्दा धेरै ४ प्रतिशत ब्याज दिनेगरी तोकेको छ । प्रभु, कृषि विकास, नेपाल एसबिआई, प्राइम कमर्सियल, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम २.७५ प्रतिशत मात्र ब्याजदर तोकेका छन्।

  • यस्तो छ साउनका लागि बैंकहरुको ब्याजदर

li

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप