ओलीको निर्देशनपछि लुम्बिनीमा चेतनारायण आचार्य मुख्यमन्त्री बन्दै

बुटवल । एमाले नेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री हुने भएका छन् । यसअघि कांग्रेस–एमालेबिच दलका नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउने सहमति भए पनि सोमबार बिहान एमाले केन्द्रको निर्देशनपछि आचार्य मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।
एमाले लुम्बिनी प्रदेश संसदीय दल प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीबाट लुम्बिनीको मुख्यमन्त्री आचार्यलाई बनाउन निर्देशन आएको रातोपाटीलाई बताए।
केन्द्रीय अध्यक्षबाट नै चेतनारायणलाई बनाउन निर्देशन आएपछि गिरी ब्याक हुनुपरेको उनले बताए । अर्घाखाँची निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित आचार्य यसअघि माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए ।
एमाले लुम्बिनी प्रदेशका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले पार्टी केन्द्रले जे निर्देशन दियो त्यही मान्ने बताए । आचार्य एमाले लुम्बिनी संसदीय दलका उपनेता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा–नौबिसे सडकखण्ड बन्द गरेर यसरी हुँदै छ निर्माण कार्य
-
जुम्लाका दुई स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषित
-
१० महिनामा ३५ अर्ब ५३ करोडको धान चामल आयात
-
मधेस प्रदेश सरकार पनि पालो पालो नेतृत्व गर्ने समझदारी छ : गृहमन्त्री लेखक
-
‘जलविद्युत क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्छ’
-
शुभमन बने भारतको नयाँ टेस्ट कप्तान, पन्त उपकप्तान