स्कटल्यान्डका बलरले बनाए नयाँ कीर्तिमान
मङ्गलबार, ०८ साउन २०८१, ११ : ०१
डन्डी । स्कटल्यान्डका बलर चार्ली क्यासेलले डेब्यू खेलमा सबैभन्दा उत्कृष्ट बलिङ प्रदर्शनको नयाँ कीर्तिमान बनाएका छन् । ओमानविरुद्धको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा उनले सो कीर्तिमान बनाएका हुन् ।
खेलमा उनले ५.४ ओभर बलिङ गर्दै मात्र २१ रन खर्चेर ७ विकेट हात पारे । यो कीर्तिमान यसअघि दक्षिण अफ्रिकाका कागिसो रबाडाको नाममा थियो । उनले सन् २०१५ को जुलाईमा बंगलादेशविरुद्धको आफ्नो डेब्यू खेलमा १६ रन खर्चेर ५ विकेट लिएका थिए ।
यता क्यासेललाई गत जुलाई १५ मा तीव्र गतिका बल क्रिस सोलको स्थानमा टोलीमा समावेश गरिएको थियो । व्यक्तिगत कारण देखाउँदै उनी ओमानविरुद्धको खेलबाट नाम फिर्ता लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण