विवादित खेलमा मोरक्कोले अर्जेन्टिनालाई हरायो
बिहीबार, १० साउन २०८१, ०९ : ५५
पेरिस । दर्शकहरू अराजक बनेपछि पेरिस ओलम्पिकको पहिलो खेल दुई घण्टा रोक्नुपरेको छ । पछि स्टेडियम खाली गराएर खेल पूरा गरिएको थियो ।
मोरक्को खेलमा २–० ले अगाडि थियो । तर, अर्जेन्टिनाले एक गोल फर्काउँदै बराबरी गोलको खोजीमा थियो । अर्जेन्टिनाका क्रिस्टियन मेडिनाले खेलको इन्जुरी समयको १६ औँ मिनेटमा गोल गर्दै खेल बराबरी गोल फर्काएका थिए । जबकि थप समय मात्र १५ मिनेटको थियो ।
मेडिनाले गोल गर्ने बित्तिकै अर्जेन्टिनी खेलाडीहरूमाथि बोतल र कपहरू फाल्न थालियो । केही मोरक्कोका समर्थक मैदानमा प्रवेश गरे । त्यसपछि प्रहरीले हस्तक्षेप गर्दै खेलाडीहरूलाई मैदानबाट बाहिर निकालेका थिए । स्थिति उग्र बनेपछि समर्थकहरूलाई निकालेर स्टेडियम खाली गराइयो ।
उता, भिडियो एसिस्टेन्ट रेफ्रीले मेडिनाको गोल रद्द गरेपछि मोरक्कोले विवादित खेल २–१ ले जित्न सफल भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण