नेपथ्यले भित्र्यायो मेलबोर्नमा उत्सव
मेलबोर्न– मेलबोर्न ‘प्लानेट सेकर्स’मा नेपथ्यले सन् २०१७ को श्रृंखलावद्ध आफ्नो अष्ट्रेलिया यात्रा सुरुवात गरेको छ । फरक–फरक उमेर समूह र व्यावसायमा आवद्ध दर्शकको कार्यक्रममा घुइँचो देखियो ।
दुई वर्षअघिको हाम्रो कन्सर्ट साह्रै पीडादायी बन्न पुगेको थियो । आज फेरि यसै सहरमा तपाइहरुका सामुन्ने हामी नेपाल र नेपालीत्वको उत्सव मनाउन उभिँदा असाध्यै सहज महशुस भइरहेको छ,’ नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङले भने, ‘जब कि यति बेला पनि मुलुकका पहाडी र तराइ भेगमा वर्षात्का कारण बाढी र पहिरोले धेरै गाउँहरुलाई बिथोलेको समाचार आइरहेकै छन् ।’
कन्सर्टकै बीचमा यसरी दर्शकसँग संवाद गरेका गुरुङले मुलुक भित्र र बाहिर रहेका दुवैथरि नेपालीहरुलाई प्राकृतिक प्रकोपले संकटग्रस्त आफ्नो समाजका निम्ति एकजुट हुन आव्हान समेत गरे ।
गीतसँगै अमृतले नेपालको प्राकृतिक सौन्दर्य वर्णन गर्न छुटाएनन् । उनले सदाजस्तै दर्शकहरुलाई मुलुकको भ्रमण गर्न र यसका अथाह सुन्दरताको थप उत्खनन् गर्न आव्हान समेत गरे ।
सिड्नीस्थित म्याग्दी ओभरसिजको संयोजनमा मेलबोर्नको आयोजना सम्पन्न भएपछि अब ब्याण्डको यात्रा ‘साउथ अष्ट्रेलिया’ प्रान्त तर्फ हुनेछ ।
भिक्टोरीयाको प्रान्तिय राजधानी मेलबोर्नबाट टोली अब जोडिएको पश्चिमी भेग पुगेर त्यहाँको प्रान्तिय राजधानी एडिलेडको मञ्चलाई जुलाइ १५ तारिखका दिनत ताउनेछ । यस वर्षको अष्ट्रेलिया यात्राको समापन भने सिड्नीमा जुलाइ २२ तारिखका दिन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
‘इन्डियाज गट लेटिन्ट’ फेम अपूर्वा फेरि विवादमा
-
इरान र अमेरिकाबिच भएको सम्झौताको मस्यौदालाई लिएर रिपब्लिकन पार्टीमा चर्को विरोध
-
प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध
-
आज कति छ सुनचाँदीको मूल्य ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण