मधेस लोकसेवा आयोगको अध्यक्षमा यादव नियुक्त
शुक्रबार, ११ साउन २०८१, १३ : ४६
वीरगन्ज । मधेस प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा.शिवराम यादव नियुक्त भएका छन् । मुख्यमन्त्री सतिस सिंहले यादवलाई आयोगको अध्यक्षमा नियुक्त गर्न हिजो सिफारिस गरेका थिए ।
सोही सिफारिसअनुसार प्रदेश प्रमुख सुमित्रा भण्डारीले आज उनलाई आयोगको अध्यक्षमा नियुक्त गरेकी हुन् । नियुक्त भएसँगै आजै यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज नवनियुक्त अध्यक्ष डा. यादवलाई प्रदेश प्रमुख भण्डारीले शपथ ग्रहण गराएकी हुन् ।
५७ वर्षीय यादव सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर १३ गम्हरिया निवासी हुन् । गत फागुनमा उमेर हदको कारण आयोगका तत्कालीन अध्यक्ष सुरेन्द्रप्रसाद यादव पदमुक्त भएपछि सो पद रिक्त थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते
-
अफ सिजनमा गुलजार नेपाली पर्यटन : भारतीय पर्यटक तान्न केले गर्यो काम ?
-
नेदरल्यान्ड्स र मोरक्कोबिचको पहिलो हाफ गोलरहित बराबरी
-
खडेरीले बागलुङमा रोपाइँ प्रभावितः मध्य असारसम्म ३८ प्रतिशत
-
जननेता मदन भण्डारीलाई सम्झँदा
-
हेटौँडा उपमहानगरको उपलब्धि : ४ वर्षमा १० किलोमिटर कालोपत्र सडक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण