पहिलो टी–२० मा भारतले श्रीलंकालाई हरायो
पालेकेले । भारत र श्रीलंकाबिचको टी–२० सिरिजको पहिलो खेलमा भारतले श्रीलंकालाई ४३ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतीय टिमले २० ओभरमा ७ विकेट गुमाएर २१३ रन बनाएको थियो ।
जवाफमा श्रीलंकाको टोलीले पूरा २० ओभर खेल्न सकेन । श्रीलंकाको सम्पूर्ण टोली १९.२ ओभरमा १ सय ७० रनमा अलआउट भयो।
श्रीलंकाका ओपनिङ ब्याट्सम्यानले टोलीलाई राम्रो सुरुवात दिलाएका थिए । निसान्का र मेन्डिसबिच ८४ रनको साझेदारी भएको थियो ।
एक समय थियो जब श्रीलंकाका ब्याट्सम्यानले कुनै विकेट नगुमाई ८४ रन बनाएका थिए र टोली बलियो देखिन्थ्यो । यस्तो अवस्थामा अर्शदीप सिंहले मेन्डिसलाई पभिलियन फर्काएर भारतलाई खेलमा फर्काए ।
पहिलो विकेटको पतनपछि परेरा र निसान्काबिच पनि राम्रो साझेदारी भयो । श्रीलंकाको दोस्रो विकेट १ सय ४० रनमा झरेको थियो । तर त्यसपछि नियमित अन्तरालमा विकेट झर्न थालेको थियो ।
श्रीलंकाका लागि पथुम निसान्काले ४८ बलमा ७९ रन बनाए । कुसल मेन्डिसले ४५ रनको इनिङ्स खेले । भारतका लागि रियान परागले ३ विकेट लिए भने अर्शदीप र अक्षर पटेलले २/२ विकेट लिए ।
यसअघि भारतका लागि यशस्वी जैसवाल र शुभमन गिलले राम्रो सुरुवात गरेका थिए । जैसवालले २१ बलमा ४० र शुभमन गिलले १६ बलमा ३४ रन बनाए ।
भारतका लागि कप्तान सूर्यकुमार यादवले २६ बलमा सर्वाधिक ५८ रन बनाए । आफ्नो इनिङ्समा सूर्यकुमारले २ छक्का र ८ चौका प्रहार गरे ।
ऋषभ पन्तले ३३ बलमा ४९ रनको इनिङ्स खेले । हार्दिक पाण्डेय, रियान पराग र रिंकु सिंहले खास केही गर्न सकेनन् । श्रीलंकाका लागि मथिसा पाथिरानाले ४ ओभरमा ४० रन दिएर ४ विकेट लिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण