रास्वपाको महामन्त्री र प्रवक्ता पदमा कायम रहेको भन्दै मुकुलले दिए निर्वाचन आयोगमा निवेदन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट ‘निष्कासित’ भनिएका मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
पार्टी केन्द्रीय समितिको बैठकले २५ असारमा पदबाट हटाएको भनिएको निर्णय वैधानिक नभएको दाबी गर्दै उनले आइतबार आयोगमा निवेदन दिएका हुन् ।
पदीय भूमिकाबाट मुक्त गरेको औपचारिक पत्र हालसम्म नपाएको उनले दिएको निवेदनमा उल्लेख छ ।
राजनीतिक दल सम्बन्धीको ऐनको दफा १८ (२), रास्वपाको विधानको व्यवस्था, संविधानको धारा २६९ (४), राजनीतिक दलसम्बन्धी ऐनअनुसार आफूमाथिको कारबाही अवैधानिक भएको उनको निवेदनमा उल्लेख छ ।
पार्टीले ढकाललाई कारबाहीमा चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन निवेदन दिन सक्ने निर्णय लिएको थियो । कारबाही विधिसंगत नभएकाले आफू पदमा बहाल रहेको दाबी ढकालले निवेदनमा गरेका छन् ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा १८ को उपदफा २ बमोजिम आफूलाई सफाइ पेस गर्ने मौका समेत नदिइएकोले कारबाही अवैधानिक ठहर्ने निवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण