नाबालिग बलात्कारका दोषीको पेरिस ओलम्पिकमा डेब्यू
आइतबार, १३ साउन २०८१, १७ : ३४
पेरिस । नाबालिगमाथि बलात्कार गरेको आरोपमा दोषी ठहर भएका स्टिभन भान डे वेल्डेले पेरिसमा ओलम्पिकमा बीच भलिबल खेलमा डेब्यू गरेका छन् । दर्शकहरुले उनीविरुद्ध हुटिङ गरेका थिए ।
१२ वर्षीया बेलायती बालिकामाथि बलात्कार गरेको स्वीकार गरेपछि भान डे वेल्डेलाई सन् २०१६ मा चार वर्षको जेल सजाय सुनाइएको थियो। जोडीलाई परिचय गराउँदा तालीसँगै वेल्डेविरुद्ध हुटिङ सुनिएको थियो । खेलअघि र पछि सबै खेलाडीले हात मिलाएका थिए ।
उनी र भलिबल साझेदार म्याथ्यू इम्मर्स विश्व वरीयताको १० औँ स्थानमा थिए । तर दुई जनाको जोडी आइफिल टावर स्टेडियममा २५ औँ स्थानमा रहेका इटालीका एलेक्स रान्घियरी र एड्रियन काराम्बुलासँग २–१ ले पराजित भएका छन्। नेदरल्याण्ड्सको जोडीले ३१ जुलाईमा अर्को खेलमा चिलीका मार्को र एस्टेबान ग्रिमाल्टको सामना गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण