१ लाख ७५ हजार डलरमा बिक्यो राजकुमारी लेइयाले लगाएको सुनौलो बिकिनी
लस एञ्जलस । हलिउड फिल्म स्टार वार्स फ्रेन्चाइजीमा क्यारी फिशरको पात्र राजकुमारी लेइयाले एउटा सुनौलो बिकिनी शैलीको पहिरन लगाएकी छिन् । सो फिल्मका लागि बनाइएको एउटा बिकिनी १ लाख ७५ हजार अमेरिकी डलरमा विक्री भएको छ ।
डल्लासस्थित लिलामी घर हेरिटेज अक्सनले शुक्रबार एउटा बिकिनी लिलामीमा बेचेको थियो । यो बिकिनी फिल्मको स्क्रिन टेस्टमा पनि पास भएको थियो । यसलाई फिशरले फिल्मको सेटमा पनि लगाएकी थिइन् ।
तर बिकिनी लगाएर अभिनय गर्न निकै अप्ठ्यारो भएपछि फिल्मको फाइनल भर्सनमा भने यो भन्दा अलि सजिलो खालको अर्को बिकिनीको प्रयोग गरियो । फिल्मको फाइनल भर्सनमा प्रयोग नभएको सोही बिकिनी शुक्रबार १ लाख ७५ हजार डलरमा बिक्री भएको हो ।
फिल्ममा सो बिकिनी लगाउनु आफ्नो ‘च्वाइस’ नभएको सन् २०१६ मा एउटा अन्तरवार्तामा फिशरले भनेकी थिइन् । सुरुमा फिल्मका निर्देशक जर्ज लुकासले बिकिनी देखाउँदा उनले ठट्टा गरे भन्ने फिशनले ठानेकी थिइन् । तर त्यो ठट्टा थिएन ।
बिकिनी लगाएपछि आफूलाई बस उठ्न गर्न पनि गाह्रो भएको अनि अररो भएर उभिनुपर्ने अनि दह्रो भएर बस्नु वा उठ्नु परेको उनले बताएकी थिइन् । सो अन्तरवार्ता दिएको एक महिनापछि फिशरको मृत्यु भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को नतिजा: एक लाख चार सय ७१ जना ‘नन ग्रेडेड’, ४० परीक्षार्थीको परीक्षा रद्द
-
सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप
-
२० करोड डलरको लागुऔषध तस्करीको आरोपमा बेलायती अभिनेत्री अस्ट्रेलियामा पक्राउ
-
फ्राईडे रिलिज : देशभर एक्लै ‘आइ एम जीत बहादुर’
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनको स्थलगत तयारी
-
अमेरिकाद्वारा इरानविरुद्धको समुद्री नाकाबन्दी अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण