सुनचाँदीको असर्फी किन्न अब नागरिकता लगायतका परिचयपत्र चाहिने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बेच्ने सुनचाँदीका असर्फी, स्मारिका सिक्का र मेडालियन खरिद गर्न अब नागरिकले अनिवार्य रूपमा नागरिकतालगायतका परिचयपत्र पेस गर्नुपर्ने भएको छ ।
केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखाले मंगलबार एक सूचना जारी गर्दै बिक्री हुने विभिन्न प्रकारका असर्फी, स्मारिका सिक्का र मेडालियनको कम्प्यूटर बिलिङ उपलब्ध गराइने व्यवस्था मिलाइएकोले अनिवार्य परिचयपत्र ल्याउन आग्रह गरेको हो ।
असर्फी, स्मारिका सिक्का र मेडालियन खरिदका लागि अनुरोध गर्दा ग्राहकले अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने जस्तै नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा चालक अनुमति पत्र वा मतदाता परिचयपत्र वा राहदानी वा नेपाली नागरिकताको प्रमाणपत्र नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रमध्ये कुनै एक ल्याउनुपर्ने बताएको छ ।
तर, विदेशी नागरिकको हकमा राहदानी प्रस्तुत गर्नु पर्ने केन्द्रीय गरेको जानकारी दिएको छ ।
खासगरी धर्मसंस्कृति र आस्थासँग जोडिएको सुनचाँदीको असर्फी केन्द्रीय बैंकले दसैं तिहारसँगै अन्य विशेष चाडपर्व तथा धार्मिक कार्यक्रमहरूमा उपलब्ध गराउने गर्छ भने कसैको वा कम्पनी संस्थाको विशेष समयमा छापिने स्मारिका सिक्का र मेडालियनहरु समेत राष्ट्र बैंकले उपलब्ध गराउने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण