‘हनुमान नाच’ हेरेपछि...
मेरो पहिलो चरणको परीक्षा सकेपछि बिदा मनाउन म बाग्लुङ गएको थिएँ । मेरो घर पर्वत । तर म बाग्लुङमा बेलाबेला गइरहन्छु । त्यहाँ हाम्रो आफन्तहरू हुनुहुन्छ ।
बाग्लुङ बजारमा हनुमान नाचको ‘रिहर्सल’भइरहेको रहेछ । ड्याडीले भने अनुसार पहिले–पहिले हनुमान नाच बिजोर (तीन, पाँच, सात र नौ) वर्ष पारेर गाईजात्राको समयमा देखाइने रहेछ ।
पछिल्लो समय रोजगारीका सिलसिलामा युवाहरू विदेशतिर गएका छन् । यो नाच जानेका कतिपय मानिस बसाइँ सरेर गएछन् । त्यसैले नाच देखाउने मानिसको कमी भएछ । बुढापाकाको निधन हुँदै जाँदा यो नाच लोप हुने अवस्थामा पुगेको रहेछ । संस्कृति जोगाउने उद्देश्यले केही युवाहरू जुटेर यो वर्षदेखि नाच देखाउन लागिएको रहेछ ।
यो हनुमान नाच नेवार समुदायको परम्परा र संस्कृतिमा आधारित रहेछ । तल–माथि रातो र कम्मरमा सेतो पहिरन लगाएर, सेतो पुच्छर जोडेर हनुमान जस्तै भई दुई हातमा लाठी लिएर दायाँ–बायाँ गर्दै यो नाच नाच्दा रहेछन् । उनीहरूको खुट्टामा घलङ (बज्ने मुजुरा) बाँधिएको हुन्छ ।
बाजाको तालमा नाच्दा शरीर फुरुङ्ग हुने र सुरुमा टोली नेता (ज्यामाको)ले प्रारम्भ गरेपछि अरुले पनि त्यसकै इसारामा यो नाच नाच्ने गर्छन् । एक समूहमा न्यूनतम १४ जना हुने रहेछन् । बाजाको तालमा एक अर्काले लठ्ठी ठोक्नुपर्ने हुन्छ । विभिन्न प्रकारका ताल छोपेर नाच्नुपर्छ । देवालय, सलामी, छ ताल, बाह्र ताल, २४ ताल, लंका पार गर्ने तरिका लगायत यस नाचका दशवटा ताल रहेछन् । हनुमान नाचमा संलग्न पुजारी बालकले सेतो गन्जी र कछाड बाँध्ने गर्छन् ।
पहिले–पहिले हाम्रो नेवार समुदाय मात्र सहभागी हुँदै आएको यो नाचमा अहिले अन्य समुदायका बालक, युवाहरू पनि सहभागी भएका छन् । भूपतीन्द्र मल्लले भक्तपुरमा सुरु गरेको ‘हनुमान नाच’ बाग्लुङका नेवार समुदायले पनि यसको संरक्षणमा नाच्ने गरेका छन् ।
भक्तपुरका नेवार समुदाय वि.सं. १७६८ मा बाग्लुङ आएसँगै हनुमान नाच नाच्न थालिएको इतिहास रहेछ ।
...
नमुना आवासीय माध्यमिक विद्यालय पर्वत कुस्मा
कक्षा –८
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण