भारी वर्षाका कारण दिल्लीमा दुई जनाको मृत्यु
नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा भारी वर्षाका कारण बुधबार राति दुई जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईले यसबारे समाचार छापेको छ ।
‘आज दिल्ली र उत्तर प्रदेशको खोडा कोलोनीको सिमानामा डीडीएले बनाइरहेको नालीमा खसेर एक जना महिला र उनकी साढे दुई वर्षकी छोरीको मृत्यु भएको छ ।’ आम आदमी पार्टी (आप)का विधायक कुलदीप कुमारले पनि माइक्रोब्लगिङ वेबसाइट एक्सको एउटा पोस्टमा लेखेका छन् ।
बिहीबार पनि भारी वर्षा हुने पूर्वानुमान मौसम विभागले गरेकोले स्कुलहरू बन्द गर्न आदेश दिइएको छ । दिल्लीमा बुधबार साँझदेखि भारी वर्षा भइरहेको छ । बिहीबार पनि भारी वर्षा हुने सम्भावनालाई विचार गरेर दिल्लीमा सरकारी र निजी क्षेत्रका सबै विद्यालयलाई अगस्ट १ मा बन्द गरिनेछ ।’ दिल्ली सरकारकी शिक्षामन्त्री आतिशीले सामाजिक सञ्जालमा लेखेकी छिन् ।
केही दिन अघि मात्रै दिल्लीको राजेन्द्र नगर क्षेत्रमा एउटा कोचिङ सेन्टरको बेसमेन्ट रहेको पुस्तकालयमा सडकको पानी भरिएर सोही सेन्टरमा निजामती सेवाको तयारी गरिरहेका तीन विद्यार्थीको मृत्यु भएको थियो । सो घटनाको विरोधमा विद्यार्थीहरूले व्यापक विरोध प्रदर्शन गरिरहेका छन् । यस विषयमा बुधबार विद्यार्थीहरूले आतिशीसँग भेटघाट पनि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
-
अपडेट : भैरहवाबाट अर्को जहाजमा यात्रुहरूलाई धनगढी पुर्याइयो
-
चिनियाँ विमान खरिद प्रकरणः राज्यलाई अर्बौँ क्षति पुर्याउने मुद्दा सर्वोच्चमा
-
कुल देउता पुज्न जाँदै गर्दा भिरबाट लडेर एक जनाको मृत्यु
-
आन्तरिक आयले कर्मचारीसमेत पाल्न नसक्ने अवस्थामा सुदूरपश्चिम प्रदेश
-
सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण