क्रिमियामा रुसी पनडुब्बी डुबाएको युक्रेनको दाबी
कीएभ । क्रिमियन प्रायद्वीपको बन्दरगाहमा राखिएको रुसी पनडुब्बीलाई आक्रमण गरी नष्ट गरेको युक्रेनको सेनाले जनाएको छ । सन् २०१४ मा शुरू गरिएको रोस्तोभ-अन-डोन पनडुब्बी शुक्रबार बन्दरगाह सहर सेवास्टोपोलमा मिसाइल आक्रमणपछि डुबेको युक्रेनका जनरल स्टाफले एक विज्ञप्तिमा दाबी गरेका हुन् ।
कथित रूपमा यो रूसको ब्ल्याक सी फ्लीट द्वारा संचालित चार पनडुब्बीमध्ये एक थियो । रुसी रक्षा मन्त्रालयले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
कीभका अधिकारीहरूले आक्रमणमा प्रायद्वीपको सुरक्षा गर्ने चार एस-४०० वायु रक्षा प्रणालीहरू पनि नष्ट भएका छन्, जसलाई रूसले २०१४ मा अवैध रूपमा कब्जा गरेको उनीहरुको भनाई छ ।
बेलायतका गुप्तचर अधिकारीहरूले गत सेप्टेम्बरमा सेभास्टोपोल शिपयार्डमा मर्मतसम्भार गर्दा रोस्तोभ-अन-डनले मिसाइल आक्रमणमा ‘संभावित रूपमा ठुलो क्षति भोगेको’ उल्लेख गरेका थिए ।
युक्रेनको सेनाले रुसले पछि जहाज मर्मत गरेको र हालै सेभास्टोपोल नजिक आफ्नो क्षमताको परीक्षण गरिरहेको बताइएको छ। जहाजको मूल्य ३० करोड डलर रहेको उनीहरूले बताएका छन् ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण