बुधबार, ०२ असोज २०८१
ताजा लोकप्रिय

यी हुन् विश्वकै सबैभन्दा शंकालु महिला

आइतबार, २० साउन २०८१, १६ : ३८
आइतबार, २० साउन २०८१

लन्डन । दैनिक जीवनमा हामी फरक फरक स्वभावका मानिसलाई भेटिरहेका हुन्छौँ । कोही निराशामा चुर्लुम्म डुबेका हुन्छन् भने कोही जस्तोसुकै कठिन अवस्थामा पनि खुसी रहने हुन्छन् । कोही अरूप्रति उदार हुन्छन् त कोही क्रूर । कोही छिट्टै अरूलाई विश्वास गरिहाल्छन् भने कोही हत्तपत्त कसैलाई विश्वास गर्दैनन् ।

माया प्रेममा हर कोही आफ्नो प्रेमीप्रति थोरबहुत ‘पोजेसिभ’ हुन्छन् । यो सायद सामान्य पनि हो कि ? तर आफूले माया गरेको मान्छेलाई विश्वासै नगर्ने अनि जतिबेला पनि शङ्का गर्नेचाहिँ एक खालको रोग नै हो ।

५२ वर्षकी डेबी वूडले सन् २०११ मा स्टिभलाई भेटेकी थिइन् । केही वर्ष अफेयरमा रहेपछि दुवैले बिहे गरे । तर डेबीले आफ्नो पतिमाथि फिटिक्कै विश्वास गर्दिनन् । काममा गएर आएको होस् वा अन्य कतै बाहिरबाट घर छिर्ने बित्तिकै सोधपुछ गरिहाल्छिन् । बुढालाई केरकार गर्न थाल्छिन् ।

उनले पतिको इ–मेल, सामाजिक सञ्जालको एकाउन्ट र फोनमा नजर राख्न ल्यापटपमै पनि चाइल्ड प्रुफ फिल्टर राखेकी छिन् । यतिले पनि नपुगेर डेबीले घरमै लाइ डिटेक्टर अर्थात् झुट बोलेको पक्रिने मेशिन ल्याएर राखेकी छिन् । आफूले केही गलत नगरेको अनि आफूलाई प्रमाणित गर्न लाइ डिटेक्टर गराउन समेत तयार रहेको भनेर स्टिभले भनेपछि डेबीले सो मेशिन किनेकी थिइन् । डेबीले बेला बेलामा स्टिभको फोन र बैंक खाता पनि छड्के जाँच्छिन् ।

डेबीको यो व्यवहार सामान्य फिटिक्कै होइन । यसको विश्लेषण गरेपछि उनी अथेलो सिन्ड्रोमबाट ग्रसित रहेको पाइयो । यसले व्यक्तिमा जलन, ईश्या र शङ्कालाई बढवा दिन्छन् । शेक्सपियरको नाटक अथेलोबाट यो रोगको नाम आएको हो । यो नाटकले शङ्का, ईर्ष्या र विश्वासघातको कथा बताउँछ । अथेलो सिनड्रोमकै कारण डेबीले पतिलाई मुठ्ठीमा राख्न खोजेको पाइयो । यसबाहेक पनि उनी बाईपोलार डिस्अर्डरबाट ग्रसित थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप