विश्व हाप्किडो च्याम्पियनसिपमा नेपाललाई दुई रजतसहित चार पदक
सोमबार, २१ साउन २०८१, ११ : ५३

काठमाडौँ । थाइल्याण्डमा सम्पन्न विश्व हाप्किडो च्याम्पियनसिप–२०२४ मा नेपालले दुई रजतसहित कुल चार पदक जितेको छ । प्रतियोगितामा नेपाली खेलाडी चन्द्रबहादुर बोहरा र मेग्मा गुरुङले रजत पदक जितेका हुन् ।
चन्द्रबहादुरले पुरुषतर्फको ५०–५५ केजी तौलसमूहमा रजत पदक जिते । मेग्माले भने महिलातर्फको ३८ केजीभन्दा मुनिको तौल समूहमा रजत पदक चुमेकी हुन् । चेन्द्रबहादुर र मेग्मा दुबै फाइनल स्पर्धामा आयोजक राष्ट्र थाइल्यान्डका खेलाडीसँग पराजित भएका थिए ।
यसैगरी, प्रतियोगितामा राजेन्द्र तामाङ र ईमा थापाले कांस्य पदक हात पारे । राजेन्द्र ६८ केजीभन्दा मुनिको तौल समूहको सेमिफाइनलमा लाओसका खेलाडीसँग पराजित भएका थिए । ईमा भने ४७ केजीभन्दा मुनिको तौलसमूहको सेमिफाइनलमा कम्बोडियाकी खेलाडीसँग पराजित भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजार १९ अङ्कले बढ्यो, बैङ्किङ समूहमा रौनक
-
भिजिट भिसा प्रकरण : चार जनाको डिभाइस अख्तियारकाे नियन्त्रणमा
-
युवासंघ महाधिवेशनको तयारी पूरा, पूर्व सन्ध्यामा मार्चपास
-
व्यवसाय विस्तारको प्रमुख बाधक नीतिगत अस्थिरता हो : अञ्जन श्रेष्ठ
-
उदयपुरमा यौनधन्दा चलाउने र संलग्न १३ जनाविरुद्ध मुद्दा दर्ता
-
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश