विश्व हाप्किडो च्याम्पियनसिपमा नेपाललाई दुई रजतसहित चार पदक
सोमबार, २१ साउन २०८१, ११ : ५३
काठमाडौँ । थाइल्याण्डमा सम्पन्न विश्व हाप्किडो च्याम्पियनसिप–२०२४ मा नेपालले दुई रजतसहित कुल चार पदक जितेको छ । प्रतियोगितामा नेपाली खेलाडी चन्द्रबहादुर बोहरा र मेग्मा गुरुङले रजत पदक जितेका हुन् ।
चन्द्रबहादुरले पुरुषतर्फको ५०–५५ केजी तौलसमूहमा रजत पदक जिते । मेग्माले भने महिलातर्फको ३८ केजीभन्दा मुनिको तौल समूहमा रजत पदक चुमेकी हुन् । चेन्द्रबहादुर र मेग्मा दुबै फाइनल स्पर्धामा आयोजक राष्ट्र थाइल्यान्डका खेलाडीसँग पराजित भएका थिए ।
यसैगरी, प्रतियोगितामा राजेन्द्र तामाङ र ईमा थापाले कांस्य पदक हात पारे । राजेन्द्र ६८ केजीभन्दा मुनिको तौल समूहको सेमिफाइनलमा लाओसका खेलाडीसँग पराजित भएका थिए । ईमा भने ४७ केजीभन्दा मुनिको तौलसमूहको सेमिफाइनलमा कम्बोडियाकी खेलाडीसँग पराजित भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
-
अन्तरिक्षमा भारतको नयाँ फड्को
-
भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, माेदीले गरे उद्घाटन
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण