काठमाडौँ । इरानलाई सोझो सेटमा हराउँदै नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । नेपालले बुधवार उपाधिका लागि प्रमुख दाबेदार भारतको सामना गर्नेछ । अब उपाधिको लागि नेपाल एक जित टाढा रहेको छ ।
_oFHsqc8O94.jpg)
इरानसँग लिग चरणमा भोगेको हारको बदला लिँदै फाइनलमा पुग्ने सोचमा रहेको नेपालले सुरुवात राम्रो गर्यो । नेपाली टिमले आत्मविश्वासी प्रदर्शनमा पहिलो सेटमा इरानको युवा टोलीलाई २५–२१ ले हरायो ।
_7AAAppLUr9.jpg)
नेपालले खेलमा एक शून्यको अग्रता बनायो । दोस्रो सेट नाटकीय बन्यो । नेपालले एक समय बनाएको ६ अङ्कको अग्रता गुमाउँदा इरानले २४–२१ को अग्रता बनायो । इरान सेट प्वाइन्टको लागि मात्र एक अङ्कको खोजीमा थियो । तर नेपालले लगातार तीन अङ्क जोडेर खेललाई २४–२४ मा पुर्यायो ।
_XCT6dt5oKj.jpg)
संगठित प्रदर्शनमा नेपालले यो सेट २८–२६ ले जित्दै खेलमा दुई शून्यको स्पष्ट अग्रता बनायो । तेस्रो सेट सुरुवातमा प्रतिस्पर्धात्मक बन्यो ।
_n9KiTj6Jzc.jpg)
तर नेपालले इरानलाई मौका नै दिएन र २५–२० ले हराउँदै सोझो सेटको जित दर्ज गर्यो ।
_MZ7vbECuFm.jpg)
नेपाल लिग चरणमा दोस्रो हुँदै र इरान तेस्रो भएर सेमिफाइनलमा प्रवेश गरेका हुन् । अब बुधवार नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले जारी प्रतियोगिताको लिगमा भारतविरुद्ध पहिलो पटक जित हात पारिसकेको छ ।
_66FMBmx1OQ.jpg)
फाइनल खेल बुधवार साँझ पाँच बजे हुनेछ । इरान र श्रीलङ्काबिच तेस्रो स्थानको लागि दिउँसो दुई बजे प्रतिस्पर्धा हुनेछ ।
_gueMvS1rus.jpg)
_R5pa0geBkS.jpg)
_qfx6LbGuCv.jpg)
_8JHHA5RaIl.jpg)
_bi7Ay8xiVJ.jpg)
_ptCkbVD4D6.jpg)
_8SHRp0AR6T.jpg)
प्रतिक्रिया