रियलसँग हार्यो चेल्सी
बुधबार, २३ साउन २०८१, ०९ : ०५
काठमाडौँ । प्रिसिजन मैत्रीपूर्ण खेलमा स्पेनिस महारथी रियल मड्रिडले प्रिमियर लिग क्लब चेल्सीलाई पराजित गरेको छ । मंगलबार भएको खेलमा रियल २–१ गोलले विजयी बन्यो ।
खेलको १९ औँ मिनेटमा लुकास भाजक्वेजले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । २७ औँ मिनेटमा ब्राहिम डियाजले टोलीको अग्रता दोब्बर बनाए ।
पहिलो हाफको अन्त्यमा नोनी माडुएकेले चेल्सीका लागि एक गोल फर्काए । तर, दोस्रो हाफमा थप कुनै गोल हुन नसकेपछि रियलले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
रियलले अब १४ अगस्तमा यूईएफएको सुपर कप खेल्दै सिजनको सुरुवात गर्नेछ । चेल्सीले भने इन्टर मिलानसँग एउटा मैत्रीपूर्ण खेल खेलेपछि अगस्त १८ मा म्यानचेस्टर सिटीको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण