मिलानसँग हार्यो बार्सिलोना
काठमाडौँ । इटालियन क्लब एसी मिलानले बुधबार बिहान सम्पन्न मैत्रीपूर्ण खेलमा स्पेनिस ‘पावर हाउस’ बार्सिलोनामाथि रोमाञ्चक जित हासिल गरेको छ । मिलानले बार्सिलोनालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले जिल्याएको हो ।
युरोपेली राष्ट्रको घरेलु लिग सुरु हुनुअघि अहिले चर्चित क्लब अमेरिका भ्रमणमा छन् । बाल्टिमोरमा ५० हजारभन्दा बढी दर्शकमाझ खेलिएको मिलान र बार्सिलोनाबिचको खेल निकै रोमाञ्चक थियो । खेलको प्रारम्भदेखि नै मिलानले बार्सालाई कडा चुनौती दिएको थियो ।
मिलानले ६ मिनेटको बिचमा दुई गोल गरेको थियो । खेल सुरु भएको १०औँ मिनेटमा मिलानका लागि लुका जोभिचले पहिलो गोल गरेका थिए । १५औँ मिनेटमा क्रिस्टियन पुलिसिचले मिलानको अग्रता दोब्बर बनाएका थिए ।
बार्सिलोनाका लागि भने दुवै गोल प्रभावशाली खेलाडी रोबर्ट लेवान्डोवस्कीले गरेका थिए । उनले निर्धारित समयको २२औँ मिनेटमा पहिलो गोल गरेका थिए । निर्धारित समयको ५८औँ मिनेटमा उनले टोलीका लागि दोस्रो गोल थपेका थिए । त्यसपछि पेनाल्टी सुटआउटमा मिलानले जित हात पार्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण