चार वर्षे कार्यकाल पुरा गरेका राखेपका उपाध्यक्ष कोइरालाको बिदाइ
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोइरालाको चार वर्षे कार्यकाल सकिएको छ । राखेपले एक कार्यक्रमको आयोजना गरी बुधवार उनलाई बिदाइ गरेको छ । कोइराला २०७७ साल साउनमा चार वर्षका लागि राखेपको उपाध्यक्षमा नियुक्त भएका थिए ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आफ्नो कार्यकाल सफलतापूर्वक पुरा गरेकोमा कोइरालालाई धन्यवाद दिए । बिदाइ कार्यक्रममा मन्त्री चौधरीले खेलाडीलाई प्राथमिकतामा राखेर खेलकुदका योजना बनाइनुपर्ने धारणा व्यक्त गरे । खेलकुद मन्त्री चौधरीले खेलकुदका योजना बनाउँदा खेलाडीको सुविधालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।
मन्त्री चौधरीले स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रमा खेलाडीलाई विशेष सहुलियत दिन सकिने भन्दै यसका लागि खेलाडीको वर्गीकरण गरिने पनि उल्लेख गरे । मन्त्री चौधरीले खेलकुद विकास र खेलाडीको हितका लागि अप्रिय निर्णय लिन पनि आफू पछि नपर्ने बताए । बिदाइ कार्यक्रममा कोइरालाले राखेपमा चार वर्ष उपाध्यक्षका रूपमा काम गर्दा धेरै कुरा सिक्ने अवसर पाएको बताए । उनले नेपाली खेलकुद क्षेत्रमा थप सुधारको आवश्यकता रहेको पनि बताए ।
कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदको विकासका लागि सबै पक्ष मिलेर अगाडि बढ्नु आवश्यक रहेको बताए । राखेपका सदस्य, विभागीय प्रमुख र कर्मचारीहरूको सहभागितामा कोइरालालाई सम्मानपत्रसहित बिदाइ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण