मन्त्री पठाउनै सक्दैन कांग्रेस, काम कसरी गर्छ ?
विराटनगर । गत असार १७ गतेको सहमति अनुसार केन्द्रमा कांग्रेस–एमालेको गठबन्धन सरकार असार ३० गते नै गठन भइसकेको छ । जसअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् ।
ओलीले आफू नियुक्त भएको भोलिपल्टै असार ३१ गते २१ जना मन्त्री नियुक्त गरे । जसमा कांग्रेसका तर्फबाट १० जना मन्त्रीले एकैपटक शपथग्रहण गरेका थिए ।
केन्द्रमा मन्त्री पठाउन फटाफट निर्णय गरेको कांग्रेस कोशी प्रदेशमा भने मन्त्री पठाउनै सकेको छैन । कांग्रेसले मन्त्री पठाउन नसक्नुको प्रमुख कारण पार्टीको आन्तरिक शक्ति सङ्घर्ष रहेको जनाउँदै आएको छ ।
कांग्रेसका कतिपय नेता भने पार्टी सभापति र केन्द्रीय नेताहरूले प्रदेशमा कम चासो दिएका कारण सरकारमा पठाउने नाम दिन ढिला भएको दाबी गर्छन् ।
कांग्रेसको आन्तरिक शक्ति सङ्घर्ष चर्किंदै जाने देखेरै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रलाई तत्कालै सरकारबाट नहट्नु भन्ने सन्देश दिएका थिए । तर, माओवादी केन्द्र आफ्नै आन्तरिक दबाब, कांग्रेसको चाहना र मुख्यमन्त्री कार्कीको आग्रहमा गत साउन ११ गते सरकारबाट बाहिरिएको थियो ।
डाक्टर शेखर कोइरालाले यसअघि आफ्नै गुटबाट कोशी प्रदेशको मुख्यमन्त्री र अन्य मन्त्री पनि पाएका थिए । ‘यसअघि त्यत्रो शक्तिका साथ कोशी प्रदेश चलाएको समूहले अहिले टक्रक्क एउटा मन्त्री लिएर जाँदा बेइज्जत हुँदैन ?,’ कोइराला निकट एक नेताले भने, ‘शेखर कोइराला र शेरबहादुरकै बिचमा भागबण्डा नमिलेकै कारण समस्या भएको हो ।’
सरकारबाट माओवादी बाहिरिएसँगै तत्कालै मन्त्रीमण्डल विस्तार हुने मुख्यमन्त्रीको अपेक्षा थियो । तर, अझै कांग्रेसबाट मन्त्रीमण्डलमा सहभागी हुनेको नाम मुख्यमन्त्रीलाई दिइएको छैन ।
कांग्रेसले मन्त्रीहरूको नाम दिन नसक्नुको अन्य कारण पनि हुनसक्ने केही नेता आशङ्का गर्छन् । जुन आशङ्का दलका नेता परिवर्तनको सम्भावनालाई जीवित बनाउने विषयसँग सम्बन्धित छ । कतिपय कांग्रेसका सांसदहरू मन्त्री बन्ने लविङका लागि काठमाडौँको होटल बुक गरेर बसेका छन् । ‘कांग्रेसको आन्तरिक कुरा नमिलेको हो । अन्य प्रदेशको कुरा पनि मिलेको छैन,’ कांग्रेसका सांसद रामकुमार खत्रीले भने, ‘अन्य कारण केही नयाँ होलाजस्तो त लाग्दैन ।’
डाक्टर शेखर कोइरालाले यसअघि आफ्नै गुटबाट कोशी प्रदेशको मुख्यमन्त्री र अन्य मन्त्री पनि पाएका थिए । ‘यसअघि त्यत्रो शक्तिका साथ कोशी प्रदेश चलाएको समूहले अहिले टक्रक्क एउटा मन्त्री लिएर जाँदा बेइज्जत हुँदैन ?,’ कोइराला निकट एक नेताले भने, ‘शेखर कोइराला र शेरबहादुरकै बिचमा भागबण्डा नमिलेकै कारण समस्या भएको हो ।’
कोइराला समूहका कतिपय नेता माओवादीलाई दिएका मन्त्रालयमा एक मन्त्रालय मात्रै लिएर भागबण्डा गर्ने सहमति गर्नु नै दलका नेताको असक्षमता भएको बताउँछन् । ‘मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग दलका नेता उद्धव थापाले भावी मुख्यमन्त्री आफैँ बन्ने हिसाबले बार्गेनिङ नगरी एमालेसँग ४ वटा मन्त्रालय लिएर जाने सहमति गरेको कुरा पनि त्यति चित्त बुझ्दो देखिएन,’ ती नेता भन्छन् ।
कांग्रेसको पदाधिकारीहरूबिच यसअघि मन्त्री भएकाहरूलाई मन्त्री नबनाउने भनेर भद्र सहमति भएको बताइएको छ । तर, सुदूरपश्चिम प्रदेशमा कमलबहादुर शाही दोहोर्याएर मुख्यमन्त्री बनेका छन् । रोज राणा दोहो¥याएरै मन्त्री बनेका छन् । कोशी प्रदेशमाचाहिँ किन दोहो¥याउन नहुने भन्ने प्रश्न पनि त्यतिकै उठेको शेखर समूहकै नेता बताउँछन् ।
केही नेता भने मन्त्री बनाउने विषय ढिलो भएको भनेर प्रश्न उठ्न थालेको भन्दै दिक्क मान्छन् । ‘कांग्रेस मन्त्री बनाउँदा बनाउँदा थाकेको पार्टी हो । १५ सालदेखि कति मन्त्री बनायो बनायो ? कति बनाउनु ?,’ कांग्रेसका एक सांसदले भने, ‘अब ४÷५ दिनमा टुङ्गो लाग्छ कि ? प्रदेशमा भर्खरै छलफल सुरु भयो । अब पनि ढिलो गर्दा मन्त्री बनाउनै नसक्नेले कसरी प्रदेश बनाउँछ भन्ने प्रश्न उठ्न सक्छ ।’
कांग्रेसको केन्द्रीय समितिको बैठक बुधबारदेखि सुरु भएको छ । कांग्रेस सांसद भुपेन्द्र राईले भने केन्द्रीय समितिको बैठक सकिएलगत्तै कोशी सरकारमा सहभागी हुने मन्त्रीको नाम आउने दाबी गर्छन् ।
दल नेता फेरबदलको दाउपेच चलिरहेको छ ?
कांग्रेस स्रोतका अनुसार अहिले सरकारमा पठाउने नामको टुङ्गो लागेपछि अर्को खेल सुरु हुनसक्ने देखिएको छ । ‘मन्त्रीमण्डल बनेपछि दलको नेता फेरबदल हुने÷नहुने अवस्था क्लियर हुन्छ,’ दल नेता परिवर्तन हुनसक्ने तर्फ सङ्केत गर्दै उक्त स्रोत भन्छ, ‘उद्धव थापा दलको नेता सुरक्षित रहने गरीमात्रै मन्त्रीको नाम सिफारिस गर्न चाहन्छन् ।’
एमालेसँगको भागबण्डा अनुसार अर्को सरकार बन्दा कांग्रेसले मुख्यमन्त्री पाउने निश्चित छ । त्यस्तो अवस्थामा कांग्रेसबाट दलका नेता नै मुख्यमन्त्री बन्नेछन् । ‘त्यसो हुँदा भावी मुख्यमन्त्री र दलको नेता परिवर्तन गर्नसक्ने सम्भावनालाई जीवितै राख्ने गरी कांग्रेसभित्र गतिविधि भइरहेको हुनसक्छ,’ उक्त स्रोतले भन्यो ।
दल नेताको रूपमा थापालाई अहिलेको परिस्थितिमा पार्टी सभापति देउवाले पनि त्यति नरुचाएको उक्त स्रोत दाबी गर्छ । ‘उद्धव थापाप्रति अहिले नै पार्टी सभापति शेरबहादुर देउवा सन्तुष्ट रहेको देखिँदैन । त्यस्तो अवस्थामा प्रदिप सुनुवार र अमृत अर्यालमध्ये एक जना संसदीय दलका नेता हुनसक्ने देखिन्छ,’ उनले भने । यद्यपि अमृत अर्याललाई भन्दा सुनुवारलाई देउवाले बढी विश्वास गर्ने बताइन्छ ।
एमालेसँगको भागबण्डा अनुसार अर्को सरकार बन्दा कांग्रेसले मुख्यमन्त्री पाउने निश्चित छ । त्यस्तो अवस्थामा कांग्रेसबाट दलका नेता नै मुख्यमन्त्री बन्नेछन् । ‘त्यसो हुँदा भावी मुख्यमन्त्री र दलको नेता परिवर्तन गर्नसक्ने सम्भावनालाई जीवितै राख्ने गरी कांग्रेसभित्र गतिविधि भइरहेको हुनसक्छ,’ उक्त स्रोतले भन्यो ।
कांग्रेसमा प्रदिपकुमार सुनुवार र हिमाल कार्कीलाई ब्याक गरेर अमृत अर्यालको नेतृत्वमा सरकारमा पठाउने सम्भावना पनि रहेको एक सांसद बताउँछन् । ‘एमाले नेतृत्वको सरकारमा पार्टीको नेतृत्व गर्दै अमृत अर्याल जाने सम्भावना बलियो बन्दै गएको छ,’ कांग्रेसका एक सांसद भन्छन्, ‘त्यसका लागि सभापति देउवाले उदयपुर कांग्रेसका सभापतिसमेत रहेका सांसद हिमाल कार्की र ओखलढुंगाका सांसद प्रदिपकुमार सुनुवारलाई पन्छाउनु पर्छ ।’
उदयपुरका कार्कीले केही दिन अगाडि पार्टीका महामन्त्री गगन थापालाई प्रमुख अतिथि बनाएर जिल्लामा कार्यक्रम गरेको विषय शेरबहादुर देउवाले ‘नोट’ गरेको बताइएको छ । यस्तै सुनुवार यसअघि पनि मन्त्री बनिसकेका सांसद हुन् । मन्त्री बनेकालाई नदोहो¥याउने विषय कार्यान्वयन भए अर्यालको पोल्टामा स्वतः मन्त्री पद आउन सक्ने ती सांसदको विश्लेषण छ ।
यद्यपि अर्यालसँग पनि केदार कार्की नेतृत्वको सरकार बर्खास्त गर्न माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाटमा गएको विषयले कोइराला पक्ष रुष्ट छ । कोइराला पक्षले दह्रो अब्जेक्सन गरेको खण्डमा अर्याल मन्त्री बन्ने लाइनबाट ‘आउट’ पनि हुन सक्छन् ।
उता, शेखर कोइराला पक्षबाट दुई जना मन्त्री बन्ने हुँदा मानबहादुर लिम्बू र गोविन्द गिरीको सम्भावना बलियो बनेको छ । एक जनामात्रै मन्त्री बन्दा को बन्ने भन्ने विषयले फेरि अर्को विवाद निम्त्याउने देखिएको छ । कोइराला समूहबाट रामकुमार खत्री पनि मन्त्री बन्ने दौडमा छन् । तर, उनलाई रोक्न पुरानालाई नदोहो¥याउने भन्ने कार्ड फालिएको छ ।
उता, ओखलढुंगाका प्रदिपकुमार सुनुवारलाई पनि मन्त्री नबनाउने अवस्थामा पहाडी जिल्लाबाट भुपेन्द्र राई मन्त्री बन्ने सम्भावना बलियो बन्दै गएको छ । मोरङबाट मानबहादुर लिम्बू मन्त्री बन्ने परिस्थितिमा सिटौला समूहबाट भीम पराजुली भने रिङ आउट हुने सम्भावना बलियो छ ।
कोशी प्रदेशमा हाल भौतिक पूर्वाधार विकास, स्वास्थ्य र पर्यटन वन तथा वातावरण मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालय मन्त्रीविहीन छन् । ९ वटा मन्त्रालय रहेको प्रदेशमा मुख्यमन्त्री र ४ मन्त्रालय एमालेको भागमा छ भने ४ मन्त्रालय कांग्रेसको भागमा रहने सहमति भइसकेको बताइएको छ ।
अहिलेसम्म कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा समूहबाट दुई जना, डाक्टर शेखर कोइराला समूहबाट १ जना र नेता कृष्णप्रसाद सिटौला गुटबाट एक जना मन्त्री बनाउने गरी छलफल भइरहेको बताइएको छ । जसका लागि देउवा समूहबाट दलका उपनेता हिमाल कार्की, पूर्वमन्त्री प्रदिपकुमार सुनुवार र सांसद खगेनसिं हाङ्गाम रहेका छन् । शेखर कोइराला समूहबाट भने मोरङका मानबहादुर लिम्बू, उदयपुरका रामकुमार खत्री र इलामका गोविन्द गिरी मन्त्री बन्ने चर्चा छ ।
यस्तै नेता सिटौला समूहबाट मन्त्री बन्ने लाइनमा कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका विराटनगर महानगरपालिकाका पूर्व प्रमुख भीम पराजुली र खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका पूर्वअध्यक्ष समेत रहेका भुपेन्द्र राई छन् ।
कोशी प्रदेशमा हाल भौतिक पूर्वाधार विकास, स्वास्थ्य र पर्यटन वन तथा वातावरण मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालय मन्त्रीविहीन छन् । ९ वटा मन्त्रालय रहेको प्रदेशमा मुख्यमन्त्री र ४ मन्त्रालय एमालेको भागमा छ भने ४ मन्त्रालय कांग्रेसको भागमा रहने सहमति भइसकेको बताइएको छ ।
एमालेले भने आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा क्रमशः रामबहादुर मगर, लिलाबल्लभ अधिकारी, पाँचकर्ण राई र एकराज कार्कीलाई मन्त्री बनाएको छ । यस्तै एमालेबाटै सिर्जना राई राज्यमन्त्री नियुक्त भएकी छन् ।
संविधानको धारा १६८ (५) लाई दोस्रो पटक प्रयोग गर्दै कोशी प्रदेशसभाबाट मुख्यमन्त्री कार्की तेस्रो पटक वैशाख २७ गते मुख्यमन्त्री बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षेनी १ करोड डिमेन्सियाका नयाँ बिरामी थपिन्छन्
-
विक्रम राठौड राजस्थान रोयल्सको ब्याटिङ प्रशिक्षक
-
ठगीमा संलग्न प्रभाकर थापालाई कांग्रेसकै आडमा उन्मुक्ति
-
महासंघका अध्यक्षपछि कार्यवाहक अध्यक्षले पनि दिए राजीनामा
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जग्गा समस्या समाधानका लागि आयोग गठन
-
जाउलाखेलमा कार्तिक ८ गतेदेखि फूल मेला आयोजना हुने