महिला भलिबल फ्रेन्चाइज लिगका टोली र प्रवर्द्धकको नाम सार्वजनिक
काठमाडौँ । नेपाली भलिबलको इतिहासमा पहिलो पटक आयोजना हुन लागेको महिला भलिबल फ्रेन्चाइज लिग ‘एभरेस्ट वुमन्स भलिबल लिग’ मा सहभागिता जनाउने ६ वटा टोलीको नाम बिहीबार सार्वजनिक गरिएको छ ।
आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले एक कार्यक्रमबिच प्रतियोगितामा सहभागी हुने ६ वटा फ्रेन्चाइज टोलीको घोषणा गरेको हो । प्रतियोगितामा सहभागी हुने टोलीमा टिम गण्डकी, टिम काठमाडौँ, टिम ललितपुर, टिम चितवन, टिम कर्णाली र टिम मधेस रहेका छन् ।
इन्फिनिटी ड्रिम्स प्रालिले महिला फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल सङ्घसँग यसअघि नै सात वर्षका लागि सम्झौता गरिसकेको छ । इन्फिनिटी ड्रिम्स प्रालीले महिला फ्रेन्चाइज लिग गरेबापत वार्षिक २५ लाख रुपैयाँ भलिबल सङ्घलाई उपलब्ध गराउने छ ।
टिम काठमाडौँको प्रवर्द्धकमा शरदकृष्ण टिबरेवाला रहेका छन् । टिम ललितपुरको प्रवर्द्धकमा अनुज तिमिल्सिना, अनोज रिमल र विरोचन खनाल (कोरसिंक नेपाल) रहेका छन् । टिम मधेसको प्रबद्र्धकमा रोहित अग्रवाल र विशाल अग्रवाल रहेका छन् ।
यसैगरी टिम गण्डकीको प्रवर्द्धकमा सौरभ केडिया रहेका छन् । आयोजकका अनुसार, टिम चितवनको प्रवर्द्धकमा निम्बस होल्डिङस तथा टिम कर्णालीको प्रबद्र्धकमा राजेश बगडिया र प्रतीक अधिकारी रहेका छन् ।
महिला भलिबल फ्रेन्चाइज लिगमा प्रत्येक टोलीले १४ खेलाडी राख्न पाउने छन् । इन्फिनिटी ड्रिम्स प्रालीका संस्थापक आमिर अख्तरका अनुसार, प्रत्येक टोलीले नौ जना नेपाली र तीन जना विदेशी खेलाडी राख्न पाउने छन् ।
टोलीका दुई खेलाडी भने ट्यालेन्ट हन्टबाट छनोट गरिने बताएको छ । नेपाली खेलाडीको ड्राफ्ट सूची निकट भविष्यमै सार्वजनिक गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई तीन समूहमा विभाजन गरिने छ ।
त्यसमध्ये पहिलो समूहमा रहने खेलाडीको मूल्य एक लाख ५० हजार, दोस्रो समूहमा रहने खेलाडीको मूल्य एक लाख र तेस्रो समूहमा रहने खेलाडीको मूल्य ५० हजार रुपैयाँ निर्धारण गरिएको पनि आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण