राशि किटेर कम्पनीले जागिरका लागि आवेदन नदिनु भनेपछि...
बेइजिङ । यतिबेला चीनको एउटा कम्पनीको निकै आलोचना भइरहेको छ । कर्मचारी मागेर गरिएको एउटा विज्ञापनमा कम्पनीले तोकेरै यो राशि भएका व्यक्तिले आवेदन दिने कष्ट नगर्नु भनेको थियो । नाम नखुलेको सो कम्पनी चीनको क्वाङतोङ प्रान्तको क्वाङचाउको थियो । कम्पनीले हालै प्रशासनिक कर्मचारीका लागि भनेर विज्ञापन खुलाएको थियो ।
मासिक ४ हजार येन तलब भएको सो जागिरका लागि काम गरेको अनुभव, कम्पनीमा प्रयोगमा आएको सफ्टवेयर चलाउन सक्ने क्षमता खोजिएको थियो । कुकुर वर्षमा जन्मिएकाहरूलाई आफ्नो रेजुमे नबुझाउन भनेर उल्लेख गरिएकोले सो विज्ञापनले धेरैको ध्यान खिचेको थियो । चीनको सामाजिक सञ्जालहरूमा यो विज्ञापनको व्यापक आलोचना भइरहेको छ । धेरैले कम्पनीमाथि भेदभावको आरोप लगाइरहेका छन् । कम्पनी स्रोतले भने हाकिम ड्र्यागन वर्षमा जन्मिएकोले कुकुर वर्षमा जन्मिएका मानिसहरूसँग काम गर्न नसक्ने ठानेर त्यस्तो विज्ञापन गरेको बताएको छ ।
आवेदनमा बन्देज लगाउनुको अरू कारण नभएको ती स्रोतले दाबी गरेका छन् । चीनको श्रम बजारमा भेदभाव सामान्य कुरा हो । तर राशिकै आधारमा भेदभाव गरेपछि निटिजनहरू चिढिएका छन् । कयौँले त कुकुर वर्षमा जन्मिएकाहरूलाई कम्पनीमाथि मुद्दा हाल्न भनिरहेका छन् । ‘३५ वर्षपछि जागिर पाउन गाह्रै होला भन्ने म सधैँ सोच्थे, तर मेरो राशिकै कारण समस्या आउँला भनेर चाँहि मैले सोचेकै थिइन्,’ एक व्यक्तिले लेखेका छन् । ‘कुकुर वर्षमा जन्मिएर मैले के गल्ती गरे ? कुकुर वर्षमा जन्मिएर मलाई रेबिज हुने त होइन नि,’ अर्का एक जनाले कमेन्ट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण