राशि किटेर कम्पनीले जागिरका लागि आवेदन नदिनु भनेपछि...

बेइजिङ । यतिबेला चीनको एउटा कम्पनीको निकै आलोचना भइरहेको छ । कर्मचारी मागेर गरिएको एउटा विज्ञापनमा कम्पनीले तोकेरै यो राशि भएका व्यक्तिले आवेदन दिने कष्ट नगर्नु भनेको थियो । नाम नखुलेको सो कम्पनी चीनको क्वाङतोङ प्रान्तको क्वाङचाउको थियो । कम्पनीले हालै प्रशासनिक कर्मचारीका लागि भनेर विज्ञापन खुलाएको थियो ।
मासिक ४ हजार येन तलब भएको सो जागिरका लागि काम गरेको अनुभव, कम्पनीमा प्रयोगमा आएको सफ्टवेयर चलाउन सक्ने क्षमता खोजिएको थियो । कुकुर वर्षमा जन्मिएकाहरूलाई आफ्नो रेजुमे नबुझाउन भनेर उल्लेख गरिएकोले सो विज्ञापनले धेरैको ध्यान खिचेको थियो । चीनको सामाजिक सञ्जालहरूमा यो विज्ञापनको व्यापक आलोचना भइरहेको छ । धेरैले कम्पनीमाथि भेदभावको आरोप लगाइरहेका छन् । कम्पनी स्रोतले भने हाकिम ड्र्यागन वर्षमा जन्मिएकोले कुकुर वर्षमा जन्मिएका मानिसहरूसँग काम गर्न नसक्ने ठानेर त्यस्तो विज्ञापन गरेको बताएको छ ।
आवेदनमा बन्देज लगाउनुको अरू कारण नभएको ती स्रोतले दाबी गरेका छन् । चीनको श्रम बजारमा भेदभाव सामान्य कुरा हो । तर राशिकै आधारमा भेदभाव गरेपछि निटिजनहरू चिढिएका छन् । कयौँले त कुकुर वर्षमा जन्मिएकाहरूलाई कम्पनीमाथि मुद्दा हाल्न भनिरहेका छन् । ‘३५ वर्षपछि जागिर पाउन गाह्रै होला भन्ने म सधैँ सोच्थे, तर मेरो राशिकै कारण समस्या आउँला भनेर चाँहि मैले सोचेकै थिइन्,’ एक व्यक्तिले लेखेका छन् । ‘कुकुर वर्षमा जन्मिएर मैले के गल्ती गरे ? कुकुर वर्षमा जन्मिएर मलाई रेबिज हुने त होइन नि,’ अर्का एक जनाले कमेन्ट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलकुदमा कोशी प्रदेश निरन्तर खस्किँदै
-
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
-
प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा टेलिभिजन कार्यालयमा इजरायली हवाई आक्रमण (भिडियोसहित)
-
नेपाली शान्ति सैनिकको अदलीबदली
-
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल