टोट्टनहामका ब्राजिलियन स्ट्राइकर रिचर्डसनद्वारा साउदी क्लबको प्रस्ताव अस्वीकार
काठमाडौँ । प्रभावशाली ब्राजिलियन स्ट्राइकर रिचर्डसनले साउदी व्यावसायिक लिग क्लबमा आबद्ध हुन अस्वीकार गरेका छन् । २७ वर्षीय रिचर्डसनले आफू अझ केही समय इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहाममै रहने बताएका छन् ।
यी ब्राजिलियन स्ट्राइकर सन् २०२२ मा टोट्टनहाममा आबद्ध भएका थिए । उनका लागि टोट्टनहामले कीर्तिमानी ६ करोड पाउण्ड रकम खर्चिएको थियो । यसबिचमा उनले टोट्टनहामका लागि ६६ खेल खेल्दै १५ गोल गरेका छन् ।
टोट्टनहामसँग उनको सम्झौता अवधि सन् २०२७ सम्म रहेको छ । पछिल्लो समय साउदी व्यावसायिक लिगका विभिन्न क्लबले उनलाई भित्राउन चासो देखाउँदै आएका छन् । उनले सन् २०१८ मा ब्राजिलको राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए ।
उनले ब्राजिलका लागि ४८ खेल खेल्दै २० गोल गरेका छन् । ‘साउदी अरबका केही चर्चित क्लबबाट प्रस्ताव आइरहेको छ । तर, म अझ केही समय टोट्टनहामबाटै खेल्न चाहन्छु,’ सञ्चारकर्मीसँगको कुराकानीमा रिचर्डसनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण