चोरी गर्ने र चोरीको सामान किन्ने ३ जना पक्राउ
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट खटिएको प्रहरीले सुन तथा गहना चोर्ने र चोरीको सामान किनेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–६ घर भएका १९ वर्षीय अनिस विष्ट, मोरङको सुन्दरहरैंचा स्थित रोनिस ज्वेलर्सका संचालक महेन्द्र कुमार थापा र खाँदबारी नगरपालिका–३ घर भएका ३७ वर्षीय रविन विश्वकर्मा छन् ।
साउन ९ मा विष्टले खाँदबारी–७ स्थित बेलडाँडाको एउटा घरबाट सुनका गहना र मोबाइल चोरी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
चैनपुरबाट बस चढेर इटहरीतर्फ जाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका इन्स्पेक्टर राम कुमार लामिछानेले रातोपाटीलाई बताए । आरोपीले खाँदबारी–६ स्थित पाङ्खामा दोस्रो घरमा चोरी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
विष्टले चोरेका सुनका गहना महेन्द्र कुमार थापा र रविन विश्वकर्माले खरिद गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गँगटे क्षेत्रमा धान रोपाइँको चटारो (तस्बिरहरू)
-
सङ्घीयताको जग भनेकै कानुन हो : जम्कट्टेल
-
अनेरास्ववियु अध्यक्ष धामीलगायतका नेता पक्राउ
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा
-
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर
-
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ गतेसम्म आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण