सुशासन र सेवा प्रवाहमा सरकार खरो उत्रिनुपर्छ : नैनसिंह महर
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार सुशासन, सेवा प्रवाह र संविधान संशोधन गर्ने विषयमा खरो उत्रिनुपर्ने बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय समिति बैठकमा सरकार बनेको एक महिना पुग्दै गर्दा त्यसतर्फ अब खरो उत्रिनुपर्ने बताए ।
‘कांग्रेस–एमालेको सरकार बन्नुका कारण सुशासन कायम गर्ने, जनतामा आशा जगाउने, सेवा प्रवाह बढाउने र संविधान संशोधन गर्ने थियो । सरकार बनेको एक महिना पुग्दै गर्दा त्यसतर्फ अब खरो उत्रिनुपर्छ,’ उनले भने । महरले सरकारले न्यूनतम साझा कार्यक्रम छिटो ल्याएर जनतामा आशा र भरोसा देखाउनुपर्नेमा जोड दिए ।
यस्तै स्थानीय, प्रदेश र संघको सरकार सञ्चालनका लागि पार्टीको संयन्त्र बनाउने विषय किन रोकियो भन्दै उनले प्रश्न गरे । ‘त्यो किन रोकियो ? कहिले बन्छ संयन्त्र ?,’ बैठकमा महरको प्रश्न थियो, ‘महासमिति बैठकमा तीन वटा मात्र प्रतिवेदन थिएनन् । धेरै कुरा आएका छन् । मैले आफैले उठाएका विषय पनि थिए । त्यसको कार्यान्वयन गर्ने गरी बैठक निर्णयमा पुगोस् ।’
मितव्यायी र सुशासनको कुरा गरिरहेका बेला कांग्रेस सम्मिलित मधेस प्रदेश सरकारमा २० जना मन्त्री बनाएकोमा महरले आपत्ति जनाए । प्रदेशमा मन्त्रिपरिषदको आकार ठुलो बनाउने कुरा सुशासनको विरुद्धमा हुने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण