आठ गोलको थ्रिलरमा फ्रान्सलाई हराउँदै स्पेनलाई स्वर्ण
पेरिस । पेरिस ओलम्पिकमा स्वर्ण पदक जित्दै स्पेनले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो दबदबा कायम राखेको छ । आठ गोलको थ्रिलरमा स्पेन फ्रान्सविरुद्ध ५–३ गोलले विजयी बनेको हो ।
आयोजक फ्रान्सले १–३ गोलले पछि परेको स्थिति उल्टाउँदै खेल बराबरी गरे पनि अतिरिक्त समयमा स्पेनले खेल जित्यो । खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । एन्जो मिलोटले ११ औँ मिनेटमा टोलीलाई अग्रता दिलाए ।
तर ७ मिनेटपछि नै फर्मिन लोपेजले खेल बराबरी गरे । २५ औँ मिनेटमा लोपेजले टोलीलाई अग्रता दिलाए । लगत्तै अलेहान्द्रो माइनाले टोलीलाई दुई गोलको अग्रता दिलाए ।
स्पेन सहज जिततर्फ अघि बढिरहँदा ७९ औँ मिनेटमा माग्नेस अक्लिओचेले फ्रान्सका लागि दोस्रो गोल गरे । इन्जुरी समयको तेस्रो मिनेटमा पेनाल्टीबाट गोल गर्दै जित फिलिपे माटेटाले खेल बराबरी गरे ।
निर्धारित समयमा ३–३ को बराबरीमा भएपछि खेल अतिरिक्त समयमा प्रवेश गर्यो । अतिरिक्त समयमा स्पेनले शानदार प्रदर्शन गर्दै दुई गोल थप्यो ।
१०० औँ मिनेटमा सर्जियो कामेलोले स्पेनलाई अग्रता दिलाए भने १२१ औँ मिनेटमा उनले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे । स्पेनले ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण जितेको सन् १९९२ पछि पहिलोपटक हो ।
केही समयअघि मात्र स्पेनले युरोपियन च्याम्पियनसिप जितेको थियो । गत महिना टोलीले यू–१९ युरोपियन च्याम्पियनसिपको उपाधि पनि जितेको थियो । गत वर्ष महिला टोलीले विश्वकपको उपाधि हात पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण