एक सातामै थपिए ७१९ डेंगु सङ्क्रमित
काठमाडौँ । देशभर डेंगु सङ्क्रमित सङ्ख्या ३ हजार ८४ जना पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत साता २३ सय ६५ जना सङ्क्रमित भएकोमा ७ सय १९ जना नयाँ डेंगु सङ्क्रमित थपिएर ३ हजार ८४ जना सङ्क्रमित सङ्ख्या पुगेको हो । देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । यस्तै एक जनाको मृत्यु पनि भइसकेको छ ।
तनहुँमा सात सय ५४ जनालाई डेंगु सङ्क्रमण भएको ईडीसीडीले जनाएको छ । यस्तै, दोस्रोमा बढी डेंगु सङ्क्रमित भएको जिल्ला काठमाडौँ हो । यहाँ ३ सय ७ जनामा सङ्क्रमण देखिएको छ । यस्तै, कास्कीमा १६६ जनामा, झापामा १३५ जनामा र चितवनमा १३० जनामा डेंगु पुष्टि भएको छ । यस्तै, मकवानपुरमा ८४ जना, भोजपुरका ७५ जना, गोरखाका ७२ जना डेंगु भएको छ । काभ्रेपाल्चोक र पाल्पाका ७१÷७१ जनामा डेंगु देखिएको छ । यी दश जिल्ला सबै भन्दा बढी डेंगु भएको जिल्ला रहेको ईडीसीडीले उल्लेख गरेको छ ।
डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन् । यस वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान समेत गरिएको छ ।
देशभर ७७ मध्ये चार जिल्ला डेंगुबाट सुरक्षित छन् । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको इडीसीडीले जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण