जनकपुर धाममा झुलन महामहोत्सवको रौनक
शनिबार, २६ साउन २०८१, १३ : १५

धनुषा । प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा झुला महामहोत्सवको रौनक सुरु भएको छ । चर्चित संस्कृति र पर्वमध्येमा पर्ने झुलन उत्सवमा जनकपुरका मठ मन्दिरहरु संगीतमय बनेका छन् ।
झुलन उत्सवमा सहभागी हुन नेपाल र सीमावर्ती भारतबाट हजारौंको संख्यामा श्रद्धालुहरु जनकपुर आएका छन् । मिथिला क्षेत्रमा रहेका मठमन्दिर र कुटीहरुमा आयोजना भइरहेको झुला उत्सवमा गाइने धार्मिक गीत संगीतले सबैलाई मन्त्रमुग्ध बनाइरहेको हुन्छ ।
जनकपुर र आसपासका प्रत्येक मठमन्दिरमा झुलाका लागि सिंहासन निर्माण गरी सजाइएको गद्दीमा रामसीताको मूर्ति राखि झुलाउने परम्परा रहेको छ । मिथिलाको सांस्कृतिक पर्वका रुपमा चिनिने झुला उत्सव साउन तृतीयादेखि पूर्णिमासम्म मनाइन्छ । झुला उत्सवको शुरुवात सन्त परम्पराको प्रारम्भदेखि नै भएको पौराणीक मान्यता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार गौतमलाई कलाकर्मीले दिए अन्तिम श्रद्धाञ्जली (तस्बिरहरू)
-
आईसीसी विश्वकपमा पाकिस्तानको सबै खेल श्रीलङ्कामा
-
सांसदको प्रश्न– यातायात व्यवसायीसँग तत्कालीन सहमति भएको हो कि दीर्घकालीन ?
-
नेपाली सेनाद्वारा बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण
-
यातायातमा फेरि सिन्डिकेट कायम गरियो : प्रकाश ज्वाला
-
‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु