भक्तविर सिंह तुलाधर फाउन्डेसन इन्डोर टि–१० क्रिकेटको उपाधि मिक्समाण्डुलाई
काठमाडौँ । भक्तविर सिंह तुलाधर फाउन्डेसन इन्डोर टि–१० क्रिकेट च्याम्पियनसिपको उपाधि मिक्समाण्डुले जितेको छ । शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा मिक्समाण्डुले मिक्समाण्डु लेजेन्ड्सलाई १४ रनले पराजित गर्दै च्याम्पियन बनेको हो ।
मिक्समाण्डुले दिएको १ सय १२ रनको लक्ष्य पछ्याएको लिजेण्ड्सले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ९७ मात्र बनाउन सक्यो । लिजेण्ड्सका लागि विवेक राना मगरले सर्वाधिक ५३ तथा सुमनले १७ रन बनाए । आदित्य १३ रनमा अविजित रहँदा उत्तम थापा मगरले ५ रन जोडे ।
मिक्समाण्डुका लागि रुपेश श्रीवास्तवले १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मिक्समाण्डुले निर्धारित १० ओभरमा ७ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो ।
मिक्समाण्डुका लागि इशान पाण्डेले ३५ तथा रित गौतमले ३२ रन बनाए । च्याम्पियन भएसँगै मिक्समाण्डुले १ लाख ८० हजार नगद, ट्रफि तथा प्रमाण पत्र प्राप्त गर्यो । उपविजेता लिजेन्ड्सले भने ८० हजार नगद, ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्यो ।
एभरेस्ट बैंक सर्वोत्कृष्ट ब्याटरमा ब्याकयार्ड ब्रुका सन्देश कार्की चयन भए । कार्कीले ५ हजार नगद प्राप्त गरे । जगायो ११ बलर ललित सिंह भण्डारी उत्कृष्ट बलर भए । बलर भण्डारीले नगद ५ हजार प्राप्त गरे ।
एभरेस्ट बैंक उत्कृष्ट फिल्डर महेश विष्ट भए । उनले नगद २ हजार प्राप्त गरे । एभरेस्ट बैंक प्लेयर अफ द टुर्नामेन्ट विधान श्रेष्ठले प्राप्त गरे । श्रेष्ठले १० हजार नगद प्राप्त गरे ।
कटिया हाउस प्रालिको आयोजनामा साउन २२ बाट प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा १७ टोलीको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण