भलिबल खेलाडीले जनही २ लाख रुपैयाँ पाउने
काठमाडौँ । काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा सहभागी भएका नेपाली खेलाडीहरुले जनही २ लाख रुपैयाँ पुरस्कार पाउने भएका छ । सरकारले भलिबल खेलाडीहरुलाई जनही २ लाख रुपैयाँ बराबरको पुरस्कार दिने भएको हो ।
राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगितामा द्वितीय भएका खेलाडीहरुलाई पुरस्कारका लागि सफारिस गरेको छ । परिषद्ले युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई पुरस्कारका लागि सिफारिस गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको २०८१ साउन २५ गते बसेको बैठकले राष्ट्रिय महिला भलिबल टिमलाई पुरस्कारका लागि सिफारिस गरेको हो । राष्ट्रिय खेलकुद विकास नियमावलीअनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीले जनही तीन लाख रुपयाँ पाउने परिषदका प्रचार प्रसार शाखा प्रमुख खुसराज दाहालले जानकारी दिए ।
यस्तै प्रशिक्षकले दुई लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फीजियोले जनही एक लाख बीस हजार नगद पुरस्कार पाउने उनले बताए । साउन १७ गतेदेखि २३ गते सम्म सञ्चालन भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलंका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो ।
यस्तै सेमिफाइनलमा इरानलाई पराजित गरी फाइनल पुगेको नेपाली टिम भारतसँग पराजित हुँदा द्वितीय भएको हो । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, इरान र माल्दिभ्स सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण