बिहारको जहानाबादमा भागदौड मच्चिँदा ७ जनाको मृत्यु
सोमबार, २८ साउन २०८१, ११ : ०५
नयाँ दिल्ली । बिहारको जहानाबाद जिल्लास्थित एक मन्दिरमा सोमबार भागदौड मच्चिएको छ । बाबा सिद्धेश्वर नाथ मन्दिरमा भागदौड हुँदा ७ जनाको मृत्यु भएको छ । अन्य १० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।
घटना राति १२ देखि साढे १२ बजेको बीचमा भएको थियो । ‘यो दुःखद घटना हो । सबै व्यवस्था मिलाइएको थियो । हामी अवस्थाको अध्ययन गरिरहेका छौँ । अहिलेसम्म ७ जनाको मृत्यु भएको पुष्टि भएको छ । १० भन्दा बढी घाइते छन् ।’
जहानाबाद एसडीओ विकास कुमारले भनेका छन् । स्थिति नियन्त्रणमा आइसकेको बताइएको छ । मृतकको सनाखत गर्ने प्रयास भइरहेको र छिटै शव पोष्टमर्टमका लागि पठाइने बताइएको छ । घाइतेहरूको जहानाबाद सदर र मखदुमपुर सदर अस्पतालमा उपचार भइरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण