मन्त्री पाण्डे र कोरियाका पूर्वपर्यटन मन्त्री रोंङबिच भेट, महँगो हवाई भाडाका सम्बन्धमा ध्यानाकर्षण
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र दक्षिण कोरियाका पूर्वपर्यटनमन्त्री युजिन रोंङबिच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका पूर्वमन्त्री रोंङसहितको प्रतिनिधि मण्डलसँग मन्त्री पाण्डेले सोमबार भेटवार्ता गरेका हुन् ।
भेटका अवसरमा मन्त्री पाण्डेले नेपाल कोरिया सम्बन्ध स्थापनाको ५० औँ वर्ष पुगेको स्मरण गर्दै नेपाल कोरियाको सम्बन्ध थप प्रगाढ बन्नेमा विश्वास व्यक्त गरे।
मन्त्री पाण्डेले सन् २००५ मा नेपाल र कोरियाबिचको सांस्कृतिक सम्झौता गरिएको स्मरण गर्दै दुई देशबिच संस्कृति शिक्षा, युवा खेलकुद र पर्यटनका क्षेत्रमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।
सोही भेटका अवसरमा मन्त्री पाण्डेले नेपाली कामदार लैजाने हवाई भाडा केही महँगो भएको विषयमा आम जनगुनासो रहेको ध्यानाकर्षण गराए । मन्त्री पाण्डेले भने, ‘५० हजारभन्दा बढी नेपाली कोरियामा बस्नुहुन्छ । उहाँहरूलाई आउजाउ गर्न प्लेन भाडा महँगो हुने गरेको गुनासो गर्नुहुन्छ । यस विषयमा कोरियाली सरकारको ध्यानाकर्षण होस् ।’
सोही अवसरमा कोरियाली पूर्वमन्त्री रोंङले कोरियाबाट नेपालमा वर्षेनी ३० हजार पर्यटक आउने गरेको तथ्यांक पेस गर्दै नेपाल कोरिया दुई मित्र देशबिचको मित्रवत् सम्बन्धको प्रशंसा गरे । हवाई भाडाको सम्बन्धमा भने आफूले कोरिया सरकारसँग पहल गर्ने उनले बताए ।
सोही अवसरमा पूर्वमन्त्री रोंङले मन्त्री पाण्डेलाई सन् २०२५ मा कोरिया भ्रमणको निम्तो समेत दिए । उक्त भ्रमणले नेपालमा कोरियाली पर्यटक भित्र्याउन थप सहयोग मिल्ने समेत उनले बताए । मन्त्री पाण्डेले कोरिया भ्रमणका लागि आफू पनि इच्छुक रहेको बताउँदै उच्च प्राथमिकतामा राख्ने आश्वासन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण