ललितपुरमा खोलाले बगाएकी बालिकाको शव फेला
मङ्गलबार, २९ साउन २०८१, १० : ४५
ललितपुर । ललितपुरमा खोलाले बगाएर बेपत्ता भएकी एक बालिकाको शव फेला परेको छ । आइतबारदेखि हराइरहेकी साढे २ वर्षीय प्रिन्सिका भण्डारीको शव सोमबार फेला परेको हो ।
काभ्रे पनौती घर भएकी प्रमीला भण्डारीकी छोरी प्रन्सिकालाई कोन्जोसोम गाउँपालिका-३ सिलिङगेबेसीको ठोस्ने खोलाले बगाएको थियो । उनीहरू सोही गाउँपालिकाको दलचोकीमा बस्थे । उनको खोजी गर्ने क्रममा खोलाले बगाएर ल्याई रूखको हाँगामा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उता सिन्धुलीको दुधौली नगरपालिका-९ जितपुर बस्ने ५१ वर्षीय सुरेश मलिकको सोही ठाउँस्थित लखीमा खोलाले बगाएर सोमबार बिहान मृत्यु भएको छ ।
मलामी गएको अवस्थामा अचानक खोलाले बगाई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण