यू–२० साफ च्याम्पियनसिप फुटबलको तयारी पुरा
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू–२० च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । प्रतियोगिता अगस्त १८ देखि २८ तारिखसम्म काठमाडौँमा सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल, माल्दिभ्स, भुटान, श्रीलंका, भारत र बंगलादेश गरी ६ राष्ट्रको सहभागिता रहने छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश साहले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको बताए । प्रतियोगिता सुरु हुन तीन दिन बाँकी रहे पनि खेल मैदानको विषयमा भने अझै टुंगो लाग्न सकेको छैन । प्रवक्ता साहले बिहीबार अबेरसम्म खेलस्थलको बारेमा टुगो लाग्ने बताए ।
उनले प्रतियोगिताको उद्घाटन र फाइनल खेल दशरथ रंगशालामा खेलाउने तयारी भइरहेको जानकारी पनि दिए । ‘दशरथ रंगशालासँगै एन्फा एकेडेमीको खेल मैदानलाई पनि तयार पारेका छौँ । छिट्टै नै यस विषयमा टुगो लाग्नेछ,’ उनले भने । एन्फाले प्रतियोगिताका लागि दशरथ रंगशालामा दुई सय रुपैयाँ र एन्फा एकेडेमीमा तीन सय रुपैयाँ टिकट दर निर्धारण गरेको छ । दशरथ रंगशालामा भीआईपीतर्फ भने पाँच सय रुपैयाँ टिकट दर निर्धारण गरिएको जनाइएको छ ।
उक्त प्रतियोगिताका लागि एन्फाले सरबारबाट २५ लाख रुपैयाँमात्र अनुदान पाएको पनि प्रवक्ता साहले बताए । सहभागी टोलीहरुलाई अभ्यासका लागि लगनखेल र आर्मीको खेल मैदान छुट्याइएको जानकारी पनि उनले दिए ।
यसैगरी एन्फाका उपाध्यक्ष दीपक खतिवडाले फुटबल मैदानको अवस्थाको बारेमा जानकारी गराउन एन्फाले प्रधानमन्त्रीलाई भेट्ने तयारी भइरहेको बताए । उनले प्रतियोगिता आयोजना गरेवापत एन्फाले राखेपलाई पैसा नतिर्ने पनि बताए ।
उनले नेपालमा अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदान बनाउन विश्व फुटबल महासंघ पनि तयार रहेको बताउँदै यसका लागि सरकारले जग्गा उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गरे । उनले दशरथ रंगशालाको स्वामित्व एन्फाले पाउनुपर्ने प्रतिक्रिया पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानमा पेजर विस्फोटको कारण के हो ?
-
रवि लक्षित शंकरको टिप्पणी : वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो ?
-
एभरेष्ट महिला भलिबल लिग : ट्यालेन्ट हन्टमार्फत खेलाडी छान्दै चितवन शक्ति
-
मोदी र ट्रम्पबिच अर्को हप्ता भेटघाट हुने
-
सुदूरपश्चिम प्रदेश : खगराज समूह बैठकमा जान छोडेपछि प्रतिपक्षको भूमिका नै फितलो
-
विपन्न बिरामीलाई आर्थिक सहयोगसहित गाउँमै स्वास्थ्य सेवा